२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एलन मस्क बने ४०० अर्ब डलर सम्पत्ति कमाउने इतिहासकै पहिलो व्यक्ति

२०८१, २७ मंसिर बिहीबार १३:४८

काठमाडौँ | एलन मस्क इतिहासमै ४०० अर्ब डलरभन्दा बढी सम्पत्ति कमाउने पहिलो व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलेनियर इन्डेक्स अनुसार, अहिले उनको कूल सम्पत्ति करिब ४४० अर्ब डलर (३४५ अर्ब पाउन्ड) पुगेको छ । यो माइक्रोसफ्टका संस्थापक बिल गेट्स र अमेजनका जेफ बेजोस दुवैको कूल सम्पत्ति भन्दा पनि धेरै हो ।

डोनल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति चुनाव जितेपछि मस्कको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ । चुनावी अभियानका क्रममा मस्कले ट्रम्पलाई राजनीतिक समर्थनका साथै चन्दा समेत दिएका थिए । ट्रम्पले आउँदो जनवरीमा सत्ता सम्हालेपछि मस्कको प्रभाव झन् बढ्ने अपेक्षा गरिएको छ।

मस्क टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । यो कम्पनीको शेयर ट्रम्पको जीतपछि करिब ६५ प्रतिशतले बढेको छ । ट्रम्पले अन्य प्रतिस्पर्धी कम्पनीलाई उपलब्ध गराइएका कर प्रोत्साहन (Tax Credit) हटाउने अनुमानले टेस्लाको शेयरमा उल्लेखनीय वृद्धि भएको बताइन्छ ।

बुधबार टेस्लाको शेयर मूल्य पुनः रेकर्ड ब्रेकिङ स्तरमा वृद्धि भएर ४२० अमेरिकी डल पुगेको छ । उक्त कम्पनीमा रहेको मस्कको १२.८ प्रतिशत शेयरको मूल्य मात्र करिब १७२ अर्ब बराबर छ ।

यसै साता, लगानीकर्ताले मस्कको रकेट तथा भू-उपग्रह कम्पनी स्पेसएक्समा १.२५ अर्ब अमेरिकी डलरको शेयर किनेका छन् । यसले स्पेसएक्सलाई ३५० अर्ब अमेरिकी डलरको मूल्यांकनसहित विश्वकै सबैभन्दा मूल्यवान स्टार्टअप बनाएको छ ।

दुई वर्षअघि मस्कको सम्पत्ति १३७ अर्बमा झरेको थियो । तर, हालको वृद्धिले उनलाई विश्वकै सबैभन्दा धनी व्यक्ति बनाएको छ। मस्कको सम्पत्तिको मुख्य स्रोत टेस्ला, स्पेसएक्स र अन्य प्रविधि कम्पनीहरू हुन् । उनले आर्थिक र सरकारी क्षेत्रमा पनि प्रभावशाली भूमिका खेल्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन