१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

साउथ सुपरस्टार अल्लु अर्जुन पक्राउ

२८ मंसिर २०८१, शुक्रबार १३:२९

काठमाडौँ | तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले गिरफ्तार गरेको छ।

डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनको फिल्म ‘पुष्पा–२’ को सिनेमा हलमा प्रदर्शनका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । फिल्म ‘पुष्पा २’ रिलिजको पूर्वसन्ध्यामा हैदराबादको ‘सन्ध्या थिएटर’मा फिल्मको स्क्रिनिङ भएको थियो । मानिसहरु अग्रिम टिकट काटेर चलचित्र हेर्न आउने गरेका छन् ।

भारतीय संचारमाध्यमका अनुसार, उक्त घटनामा ३९ वर्षीया महिलाको ज्यान गएको थियो भने उनका छोरा गम्भीर घाइते भएका थिए। घटनापछि प्रहरीले सन्ध्या थिएटरका व्यवस्थापक, सुरक्षा टोली, र फिल्मका कलाकारविरुद्ध मुद्दा दायर गरेको थियो।

प्रहरीले बताएअनुसार, प्रिमियर शोको जानकारी सम्बन्धित निकायलाई दिइएको थिएन।

शुक्रबार, चिक्कडपल्ली प्रहरी स्टेशनले अल्लु अर्जुनलाई हिरासतमा लिएर अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार