१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अल्लु अर्जुनलाई चौकीमा लगेर सोधपुछ गरिदै, दोषी सावित भए ५ वर्ष जेल हुनसक्ने

२८ मंसिर २०८१, शुक्रबार १६:१०

काठमाडौँ | दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले शुक्रबार बिहान घरबाट गिरफ्तार गरेको छ।

प्रहरीले अर्जुनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगेर सोधपुछ सुरु गरेको छ। उनलाई मेडिकल परीक्षणका लागि गान्धी अस्पताल पनि लगिएको थियो, जहाँ कडा सुरक्षा व्यवस्था गरिएको छ।

डिसेम्बर ४ मा फिल्म ‘पुष्पा–२’ को स्क्रिनिङका क्रममा भएको भागदौडमा एक महिलाको मृत्यु र उनका छोराको घाइते भएको घटनामा संलग्नताको आरोपमा उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार, अर्जुनलाई घरबाट बिहानै बिना पूर्वजानकारी गिरफ्तार गरिएको थियो। उनलाई लुगा फेर्ने वा खाजा खाने समयसमेत दिइएको थिएन, जसले केही समर्थकलाई असन्तुष्ट समेत ब्यक्त गरेका छन्।

घटनापछि अल्लु अर्जुनले एक्स (पहिलेको ट्विटर) मा भिडियो पोस्ट गर्दै मृतक महिलाको परिवारसँग माफी मागेका थिए र २५ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका थिए। तर, पीडित परिवारले उजुरी दिएपछि डिसेम्बर ५ मा प्रहरीले अर्जुन, उनको सुरक्षा टोली, र थिएटर व्यवस्थापनविरुद्ध भारतीय न्यायिक संहिताको धारा १०५ र ११८ (१) अन्तर्गत मुद्दा दर्ता गरेको थियो। यसपछि प्रहरीले थिएटरका सञ्चालक र उनका इन्चार्जलाई पनि पक्राउ गरेको छ ।

भारतीय न्यायिक संहिताको धारा १०५ अनुसार दोषी पाइने व्यक्तिलाई न्यूनतम ५ वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार