२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रोकिएन ‘पुष्पा २’ व्यापारको रफ्तार, दसौँ दिन हिन्दी भर्सनमा रच्यो इतिहास

२०८१, ३० मंसिर आईतवार १४:५५

काठमाडौँ | अल्लु अर्जुन अभिनीत दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को व्यापारले बलिउड र साउथ फिल्म उद्योगमा तहल्का मच्चाइरहेको छ।

डिसेम्बर ५ मा रिलिज भएको यो फिल्मले पहिलो दिनमै १७५ करोड भारुको कमाइ गर्दै धमाकेदार शुरुवात गरेको थियो। फिल्मले तेलुगुपछि हिन्दी भाषामा सबैभन्दा राम्रो व्यापार गरेको छ। हिन्दी भर्सनबाट मात्रै फिल्मले ७० करोड भारुको ओपनिङ गरेको थियो।

‘पुष्पा २’ ले दोस्रो शनिबार (रिलिजको दसौँ दिन) ४६ करोड भारु कमाउँदै नयाँ कीर्तिमान बनाएको छ। हिन्दी भर्सनमा फिल्मले कुल ४९८ करोड भारु कमाइसकेको छ।

फिल्मको सबै भाषाको घरेलु बक्स अफिस कमाइ ८२४ करोड भारु नाघिसकेको छ। विश्वव्यापी रुपमा हेर्दा, यसले १० दिनमा १२०० करोड भारुको ग्रस कमाइ गरेको छ।

सामान्यतः ठूला ब्लकबस्टर फिल्महरूको व्यापार दोस्रो साता कमजोर हुने गरेको छ। तर ‘पुष्पा २’ ले दोस्रो सप्ताहन्तमा पनि आफ्नो व्यापारको रफ्तार रोक्न दिएको छैन।

सुकुमार निर्देशित यस फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्दना र फहद फासिल मुख्य भूमिकामा छन्। फिल्मले भारत मात्र होइन, विदेशमा पनि उल्लेखनीय कमाइ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से