१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुष्पा २’ प्रिमियरको भागदौडमा मारिएकी महिलाका ९ वर्षीय छोराको अवस्था गम्भीर

३ पुष २०८१, बुधबार १७:४६

काठमाडौँ | दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ को स्पेसल स्क्रिनिङमा भागदौडमा घाइते भएका बालक अझै भेन्टिलेटरमा छन्।

यही डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा ‘पुष्पा २’को प्रिमियरमा मच्चिएको भागदौडमा च्यापिएर ३५ वर्षीया रेवती नामकी महिलाको मृत्यु भएको थियो भने उनका ९ वर्षीय छोरा श्रीतेज गम्भीर घाइते भएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार श्रीतेजको अवस्था अझै नाजुक छ र भेन्टिलेटर सपोर्टमा राखिएको छ। किम्स कडल्स हस्पिटलले श्रीतेजको स्वास्थ्यबारे नयाँ अपडेट सार्वजनिक गरेको छ।

अस्पतालका अनुसार श्रीतेज अझै पेडियाट्रिक आईसीयूमा छन् र अझै ‘मेकानिकल भेन्टिलेसन’ आवश्यक छ। उनको शरीरमा न्युरोलोजिकल प्रतिक्रिया नहुँदा घाँटीमा श्वासप्रश्वासको नली हाल्न शल्यक्रिया गर्ने तयारी भइरहेको छ।

उक्त प्रकरणमा गत शुक्रबार अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले पक्राउ गरेको थियो। तर उच्च अदालत तेलंगनाको आदेशमा उनी धरौटीमा शनिबार बिहान रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का