१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनमा युद्धविराम चाहिँदैन तर दीर्घकालीन शान्ति चाहिन्छ : राष्ट्रपति पुटिन

५ पुष २०८१, शुक्रबार १४:४७

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविराम भन्दा पनि दीर्घकालिन शान्ति चाहिएको प्रतिक्रिया दिएका छन् । त्यसक्रममा उनले युक्रेनमा आफूले लक्ष्य प्राप्त गरेको दाबी पनि गरे ।

मस्कोमा आयोजित बार्षिक प्रश्नोत्तर कार्यक्रममा उनले युक्रेन अपरेशनले ठूलो परिवर्तन आएको र रुसी सेनाले आफ्नो प्राथमिक लक्ष्य हासिल गर्न अगाडि बढिरहेको बताए।

तपाईं युक्रेनसँग कुनै सम्झौताका लागि तयार हुनुहुन्छ भन्ने प्रश्नमा पुटिनले राजनीति भनेकै सम्झौताको कला भएकाले रुस सधैँ सम्झौता र संवादका लागि तयार रहेको बताए।

उनले रसियाली सेनाहरू युद्धभूमिमा प्रगति गरिरहेकाले युक्रेनी सेनाहरू लगातार पछि हटिरहेको पनि बताए । उनले युक्रेनसँग वार्ता सुरु गर्न रुसको कुनै पूर्वशर्त नरहेको बताउँदै हालको अवस्थालाई ध्यानमा राख्दै इस्तानबुल सम्झौताका आधारमा वार्तामा सहभागी हुन आफू तयार रहेको बताए ।

उनले युक्रेनी संकटमा चीन, ब्राजिल र दक्षिण अफ्रिकाले राखेका शान्ति प्रस्तावको प्रशंसा गर्दै दुवै पक्षलाई कुनै मुद्दा अगाडि नबढाइ समाधान खोज्ने वास्तविक प्रयास भएको बताए । प्रश्नोत्तरमा उनले आफू युक्रेनसँग सम्झौताका लागि तयार रहेको र ट्रम्पसँग वार्ता गर्न इच्छुक रहेको बताए ।

पुटिनले बिहीबार मस्कोमा प्रश्न र उत्तर सत्रको साथ आफ्नो वार्षिक पत्रकार सम्मेलन गरेका थिए । साढे ४ घण्टा लामो प्रश्नोत्तर चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का