२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले झुक्किएर खसायो आफ्नै लडाकु विमान

७ पुष २०८१, आईतवार १६:४८

काठमाडौँ | अमेरिकी नौसेनाले लाल सागरमा आफ्नै एक लडाकु विमान खसाएको छ। अमेरिकी सेनाले जनाएअनुसार खसाइएको लडाकु विमान एफ/ए१८ हर्नेटका दुवै पाइलट सकुशल विमानबाट निस्केको र एकजनालाई सामान्य चोट लागेको जनाएको छ।

यमनको राजधानी सानामा हुतीविरुद्ध सैन्य कारबाही गरेपछि सो घटना भएको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले जनाएको छ।

‘यूएसएस ह्यारी ए ट्रुम्यान क्यारिअर स्ट्राइक ग्रुपमा रहेको यूएसएस गेट्टिसबर्ग नामक गाइडेड क्षेप्यास्त्र प्रहार गर्ने जहाजले झुक्किएर प्रहार गर्दा एफ/ए १८ लाई लाग्यो, जुन ह्यारी एस ट्रयुम्यान विमानवाहक युद्धपोतबाट उड्दै थियो,’ वक्तव्यमा भनिएको छ।

अमेरिकी सेनाले हुतीहरूले प्रहार गरेका कयौँ ड्रोन पनि खसाइएको बताएको छ।

शनिबार हुतीहरूले प्रहार गरेको क्षेप्यास्त्रले इजरायलको तेल अभिभमा १६ जनालाई घाइते बनाएको थियो।

सो क्षेप्यास्त्र रोक्ने प्रयास असफल भएको इजरायली सेनाको भनाइ छ।

हुतीहरूले भने हाइपरसोनिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला