१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले झुक्किएर खसायो आफ्नै लडाकु विमान

७ पुष २०८१, आईतवार १६:४८

काठमाडौँ | अमेरिकी नौसेनाले लाल सागरमा आफ्नै एक लडाकु विमान खसाएको छ। अमेरिकी सेनाले जनाएअनुसार खसाइएको लडाकु विमान एफ/ए१८ हर्नेटका दुवै पाइलट सकुशल विमानबाट निस्केको र एकजनालाई सामान्य चोट लागेको जनाएको छ।

यमनको राजधानी सानामा हुतीविरुद्ध सैन्य कारबाही गरेपछि सो घटना भएको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले जनाएको छ।

‘यूएसएस ह्यारी ए ट्रुम्यान क्यारिअर स्ट्राइक ग्रुपमा रहेको यूएसएस गेट्टिसबर्ग नामक गाइडेड क्षेप्यास्त्र प्रहार गर्ने जहाजले झुक्किएर प्रहार गर्दा एफ/ए १८ लाई लाग्यो, जुन ह्यारी एस ट्रयुम्यान विमानवाहक युद्धपोतबाट उड्दै थियो,’ वक्तव्यमा भनिएको छ।

अमेरिकी सेनाले हुतीहरूले प्रहार गरेका कयौँ ड्रोन पनि खसाइएको बताएको छ।

शनिबार हुतीहरूले प्रहार गरेको क्षेप्यास्त्रले इजरायलको तेल अभिभमा १६ जनालाई घाइते बनाएको थियो।

सो क्षेप्यास्त्र रोक्ने प्रयास असफल भएको इजरायली सेनाको भनाइ छ।

हुतीहरूले भने हाइपरसोनिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का