१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो?

१ माघ २०८१, मंगलवार १५:५५

काठमाडौँ | यदि तपाईं अमेरिकाको लस एन्जलसमा लागेको आगोको खबर पछ्याइरहनु भएको छ भने ‘गुलाबी र‍ङ्ग’को कुनै पदार्थको वर्षा गर्दै गरेका हेलिकप्टरको तस्वीर वा भिडिओ अवश्य देख्नुभएको होला । आगो निभाउनका लागि यस्ता धेरै विमान लगातार प्रयोग भइरहेका छन् ।

लस एन्जलसको जङ्गलमा लागेको आगो फैलिएर धेरै आवासीय क्षेत्रमा पुगिसकेको छ । सञ्चारमाध्यमका अनुसार यही आगलागीबाट ज्यान गुमाउनेको सङ्ख्या बढेर २४ पुगेको छ भने अर्बौं डलरको सम्पत्ति क्षति भएको छ । आइतबार मौसमबारे जानकारी दिने एक निजी कम्पनीले आगोको कारण लगभग २५० अर्ब अमेरिकी डलरको आर्थिक क्षति हुने अनुमान गरेको छ ।

यही भीषण आगो नियन्त्रण गर्नका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो ? वास्तवमा यो एक फायर रिटार्डेन्ट हो अर्थात् यस्तो पदार्थ जसले आगो लाग्ने वा जल्ने प्रक्रियालाई सुस्त बनाउँछ ।

यो गुलाबी पदार्थ पानी, नुन (सोडियम क्लोराइड) र रासायनिक मलको मिश्रण हो । यो मुख्य रूपमा अमोनियम फस्फेट मिसाइएको घोल हो । आगोलाई जल्नको लागि अक्सिजनको आवश्यकता हुन्छ । र यस रासायनिक मिश्रणले आगोलाई प्राप्त हुने अक्सिजन रोक्छ । यसले गर्दा आगो धेरै छिटो फैलिन पाउँदैन ।

यो अमोनियम पोलि फस्फेट जस्ता साल्ट्सबाट बनेको हुन्छ जुन पानी जस्तै सजिलै वाफ बनेर उड्दैन । बरु सतहमा केही समयसम्म रहन्छ । यसले सतहलाई अक्सिजनको आपूर्ति हुन दिँदैन र आगो ज्वाला कम हुँदै जान्छ । यसरी यो तरल पदार्थले आगोलाई फैलिनबाट रोक्ने काम गर्छ ।

आगो निभाउन प्रयोग गरिने यो रसायनलाई गुलाबी रङ्ग यसकारण दिइन्छ, ताकि अग्नी नियन्त्रकलाई यो कहाँ प्रयोग भइरहेको छ भन्ने थाहा होस् । यसबाहेक यो रङले आगोको चपेटामा परेको क्षेत्रलाई पनि स्पष्ट रूपमा देखाउन मद्दत गर्छ । यसबाट मानिसहरूलाई कुन क्षेत्र आगोबाट प्रभावित छन् भन्ने थाहा हुन्छ ।

यद्यपि आगो नियन्त्रण गर्ने यो प्रविधि विवादमा पनि परेको छ । खासगरी यस रसायनले मानव र वातावरणमा पार्ने प्रभावलाई लिएर चिन्ता व्यक्त गरिएको छ । अन्ततः यो आगो कति भयावह छ भन्ने प्रश्न अझै बाँकी नै छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार बिहीबार अमेरिकी फरेस्ट सर्भिसले आगो नियन्त्रण गर्ने अभियानमा नौ ठूला हवाई जहाज र पानी छर्कने २० ओटा हेलिकप्टर प्रयोग गरिएको बताएको छ ।

अमेरिकाको लस एन्जलसमा रहेका अग्नी नियन्त्रक (फायर फाइटर)ले दिएको आधिकारिक जानकारी अनुसार तीन ठाउँमा अझै पनि आगो निभाउने काम जारी छ । यहाँ कम्तीमा छ ठाउँमा आगो लागेको थियो, जसमध्ये केही ठाउँमा आगो नियन्त्रणमा आउन सकेको छैन । त्यस्तै ईटन र हर्स्टमा अझै पनि ठूलो क्षेत्र आगोको चपेटामा छ । हजारौं एकड क्षेत्रमा फैलिएको यो आगोको कारण लाखौं मानिसहरूले आफ्नो क्षेत्र खाली गरेर सुरक्षित ठाउँमा जानुपरेको छ । यो भयावह आगलागीका कारण हजारौं घर र लाखौं गाडी जलिसकेका छन् । यस आगोमा घरबारविहीन हुनेमा आम मानिसका साथै धेरै सेलिब्रेटीहरू पनि छन् ।

लस एन्जलसको हलिउड हिल्स क्षेत्रमा हजारौं भवन नष्ट भएका छन् । यसमा घर, विद्यालय र प्रतिष्ठित सनसेट बुलेभार्डमा रहेका व्यावसायिक भवन समावेश छन् । स्थानीय अधिकारीले लस एन्जलसमा आगो लाग्नुको कारण तीव्र हावा र सुख्खा मौसमलाई औंल्याएका छन् । जसका कारण रुख-बिरुवा सुकेका छन् र आगो फैलन सजिलो भएको छ ।

यो आगो फैलनुको एउटा ठूलो कारण सेन्ट एना आँधी हो, जुन जमिनबाट समुद्र तटतर्फ बहन्छ । करिब १०० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा चल्ने यो हावाले आगोलाई अझ बढावा दिएको विज्ञहरूले बताएका छन् । सेन्टा एना आँधी अमेरिकाको पूर्व वा उत्तर-पूर्व दिशाबाट तटतर्फ बहन्छ । यो हावा वर्षमा धेरै पटक बहन्छ । विशेषज्ञका अनुसार जलवायु परिवर्तनले अवस्था परिवर्तन गरिरहेको छ । यसको कारणले गर्दा आगोको जोखिम निरन्तर बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का