८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सैफ अली खानको १ खर्ब ५० अर्ब भारूको सम्पत्ति जफत हुन सक्ने

९ माघ २०८१, बुधबार १६:२५

काठमाडौँ | बलिउड अभिनेता सैफ अली खानको १ खर्ब ५० अर्ब भारू बराबरको सम्पत्ति जफत हुन सक्ने देखिएको छ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार भोपाल र रायसेनस्थित उनको परिवारको पैतृक सम्पत्ति केन्द्र सरकारले नियन्त्रणमा लिन सक्ने छ। मध्यप्रदेश हाईकोर्टले यस सम्पत्तिमा लगाइएको स्थगन आदेशलाई हटाएको छ। अब शत्रु सम्पत्ति अधिनियम, १९६८ का अनुसार अधिग्रहण केन्द्र सरकारले गर्न सक्छ।

शत्रु सम्पत्ति ऐन, १९६८ का अनुसार भारत सरकारले १९४७ पछि पाकिस्तान गएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न सक्छ। सैफको भोपालको सम्पत्ति यसै श्रेणीमा पर्दछ।

मध्य प्रदेश हाई कोर्टले सन् २०१५ मा यस मामिलामा सुनवाई गरेको थियो। त्यतिबेला भोपालको नवाबको जग्गालाई सरकारी सम्पत्ति घोषित गरिएको थियो। सरकारले सैफको परिवारलाई नोटिस पठाएको थियो। जबाफमा सैफले हाई कोर्टबाट सम्पत्तिको स्टे लिएका थिए।

गत १३ डिसेम्बरमा एमपी हाई कोर्टमा वकिल विकेक अग्रवालले सैफको याचिकालाई खारिज गर्न अपिल गरेका थिए। जसका लागि ३० दिन समय दिइएको थियो। तर सैफको परिवारबाट कुनै सदस्य केही कदम उठाएनन्। सैफको परिवारसँग हाई कोर्टमा डबल बेन्चको सामु अपिल दायर गर्ने विकल्प छ।

अभिनेता सैफ अली खान हालै अस्पतालबाट डिस्चार्ज भएका छन्। उनलाई १५ जनवरीमा छुरा प्रहार भएपछि अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता