२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प प्रशासनद्वारा सरकारी कर्मचारीलाई जागिर छोड्न प्रस्ताव, तत्काल राजीनामा दिए ८ महिनाको तलब दिइने

२०८१, १६ माघ बुधबार १४:०२

एजेन्सी| अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारको आकार घटाउने उद्देश्यसहित कार्यालय फर्कन नचाहने संघीय कर्मचारीहरूलाई स्वेच्छिक रूपमा जागिर छोड्न प्रस्ताव गरेका छन्। मंगलबार संघीय कर्मचारीहरूलाई पठाइएको इमेलमा कार्यालय फर्किन नचाहने लगभग सबै कर्मचारीलाई ‘राजीनामा कार्यक्रम’ अन्तर्गत आठ महिनाको तलब बराबरको प्याकेज अफर गरिएको हो ।

संघीय सरकारमा कार्यरत करिब २० लाख कर्मचारीलाई पठाइएको इमेलमा फेब्रुअरी ६ भित्र निर्णय लिन आग्रह गरिएको छ । यो अफर स्वीकार गर्ने कर्मचारीले सेप्टेम्बर ३० सम्मको तलब तथा अन्य सुविधाहरू प्राप्त गर्नेछन् । तर, पोस्टल कर्मचारी, सेना, अध्यागमन अधिकारी तथा केही राष्ट्रिय सुरक्षासँग सम्बन्धित कर्मचारीलाई भने यो प्रस्ताव गरिएको छैन । ट्रम्प प्रशासनले करिब १० प्रतिशत अर्थात् २ लाख कर्मचारीले अफर स्वीकार गर्ने अपेक्षा गरेको छ । यसले अमेरिकी सरकार १ सय अर्ब डलरसम्म बचत हुने दाबी गरिएको छ ।

अफर स्वीकार गर्न इच्छुक कर्मचारीले ‘राजीनामा’ शीर्षक राखेर इमेल पठाउनुपर्ने उल्लेख छ । साथै, इमेलमा संघीय सरकारको भावी कटौती योजनाको संकेत गर्दै, यदि कर्मचारीहरूले स्वैच्छिक रूपमा राजीनामा नदिए भविष्यमा अनिश्चिततासँग जुध्नुपर्ने चेतावनी पनि दिइएको छ । ‘हामी तपाईंको पद वा विभाग स्थिर रहने ग्यारेन्टी दिन सक्दैनौं, तर यदि अहिले राजीनामा दिनुभयो भने तपाईंलाई सम्मानजनक तरिकाले व्यवहार गरिनेछ’, ह्वाइट हाउसले पठाएको इमेल उदृत गर्दै सीएनएनले लेखेको छ ।

कोभिड महामारीपछि घरबाटै काम गर्ने गरेका संघीय कर्मचारीलाई पुनः कार्यालय फर्कन ट्रम्पले निर्देशन दिएका थिए । ट्रम्प प्रशासनका वरिष्ठ अधिकारी स्टेफन मिलरले सीएनएनसँगको कुराकानीमा संघीय कर्मचारीहरूको बहुसंख्यक हिस्सा ‘वामपन्थी’ भएको दाबी गर्दै ट्रम्पले सरकारलाई नियन्त्रण लिनु आवश्यक रहेको बताएका छन् ।

संघीय खर्च कटौती गर्न ट्रम्पले एलन मस्क र विवेक रामास्वामीलाई एउटा सल्लाहकार समूहको नेतृत्व गर्ने जिम्मेवारी दिएका थिए । यो समूहलाई ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसेन्सी’ नाम दिइएको थियो, तर रामास्वामीले पद छोडेका छन् ।

मंगलबार ट्रम्पले संघीय अनुदान, ऋण तथा अन्य सहायता रोक्ने आदेश जारी गरेका थिए । तर, अमेरिकी अदालतले उक्त आदेशलाई अर्को सोमबारसम्म निलम्बन गरिदिएको छ ।

यो आदेश लागू हुनुअघि नै संघीय कार्यक्रमहरू प्रभावित हुने चिन्ता बढेको थियो । सामाजिक सुरक्षासम्बन्धी भुक्तानी तथा मेडिकेट सेवामा असर पर्ने आशंकाका कारण ह्वाइट हाउसले स्थिति स्पष्ट पार्न प्रयास गरिरहेको थियो ।

शीर्ष डेमोक्रेट सांसदहरूले ट्रम्प प्रशासनलाई पत्र पठाउँदै यस योजनाप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेका छन् । त्यसैदिन ट्रम्पले ‘बालबालिकालाई रासायनिक तथा शल्यचिकित्सीय रूपमा विकृत हुनबाट जोगाउने’ नामक कार्यकारी आदेशमा हस्ताक्षर गरे ।

यस आदेशमा १९ वर्षभन्दा कम उमेरका व्यक्तिहरूलाई लिङ्ग परिवर्तन गर्ने निर्णय लिनबाट रोक लगाइने उल्लेख गरिएको छ । ‘संयुक्त राज्य अमेरिकाले कुनै पनि रूपमा बालबालिकाको लिङ्ग रूपान्तरणलाई सहयोग गर्ने छैन’, आदेशमा भनिएको छ ।

संघीय सरकारको आकार घटाउने ट्रम्पको योजनालाई लिएर डेमोक्रेटिक पार्टीका नेताहरूले कडा आलोचना गरेका छन् । उनीहरूले यो कदम सरकारी संरचनालाई कमजोर बनाउने, सेवा सुविधामा असर पार्ने तथा प्रशासनिक स्थिरता गुमाउने खालको रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार