२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा

२०८१, ८ चैत्र शुक्रबार १४:४७

काठमाडौँ | विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

शुक्रबार बिहान कोलम्बियालाई २–१ ले पराजित गर्दै ब्राजिलले एकैपटक चार स्थान सुधार गरेको हो।

ब्राजिलको जितमा बार्सिलोनाका राफिन्हा र रियल मड्रिडका भिनिसियस जुनियरले गोल गरे। राफिन्हाले खेलको छैटौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए।

तर कोलम्बियाले ४१औँ मिनेटमा लिभरपुलका स्ट्राइकर लुइस डियाजको गोलमा बराबरी गर्‍यो।

खेलको अतिरिक्त समयको नवौँ मिनेटमा गोल गर्दै भिनिसियस ब्राजिललाई महत्त्वपूर्ण अंक दिलाउन सफल भए।

जितसँगै १३ खेलबाट ब्राजिलको २१ अंक भएको छ। समान खेलबाट कोलम्बियाको १९ अंक छ।

कोलम्बिया छैटौँ स्थानमा छ। एक खेल कम खेलेको अर्जेन्टिना २५ अंकसहित शीर्षस्थानमा र उरुग्वे २० अंकसहित तेस्रो स्थानमा छ।

शनिबार बिहान यी दुई टोली आमनेसामने हुँदै छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता