१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा

८ चैत्र २०८१, शुक्रबार १४:४७

काठमाडौँ | विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

शुक्रबार बिहान कोलम्बियालाई २–१ ले पराजित गर्दै ब्राजिलले एकैपटक चार स्थान सुधार गरेको हो।

ब्राजिलको जितमा बार्सिलोनाका राफिन्हा र रियल मड्रिडका भिनिसियस जुनियरले गोल गरे। राफिन्हाले खेलको छैटौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए।

तर कोलम्बियाले ४१औँ मिनेटमा लिभरपुलका स्ट्राइकर लुइस डियाजको गोलमा बराबरी गर्‍यो।

खेलको अतिरिक्त समयको नवौँ मिनेटमा गोल गर्दै भिनिसियस ब्राजिललाई महत्त्वपूर्ण अंक दिलाउन सफल भए।

जितसँगै १३ खेलबाट ब्राजिलको २१ अंक भएको छ। समान खेलबाट कोलम्बियाको १९ अंक छ।

कोलम्बिया छैटौँ स्थानमा छ। एक खेल कम खेलेको अर्जेन्टिना २५ अंकसहित शीर्षस्थानमा र उरुग्वे २० अंकसहित तेस्रो स्थानमा छ।

शनिबार बिहान यी दुई टोली आमनेसामने हुँदै छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव