२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा २४ विमानस्थलमा उडान निलम्बन

२६ बैशाख २०८२, शुक्रबार १२:५१

भारतले आणविक–सशस्त्र प्रतिद्वन्द्वी पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू स्थगित गरेको छ ।

भारतले बुधबार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरेपछि र दशकौँमा यी दुई छिमेकीबीच सबैभन्दा खराब झडपहरू भड्किएपछि मुख्यतया पाकिस्तानमा झण्डै ५० जनाको मृत्यु भएको छ ।

बिहीबार राति भारतीय सरकारले २४ विमानस्थलको सूची जारी गरेको छ । त्यहाँ नागरिक उडानहरू बन्द गरिएका छन् । ती विमानस्थल पाकिस्तानसँगको पश्चिमी सीमा नजिकका जोधपुर, लुधियाना र अमृतसर जस्ता सहरहरूमा रहेका छन् ।

एयर इन्डिया, इन्डिगो र स्पाइसजेट जस्ता भारतका केही ठूला एयरलाइन्सले बुधबारदेखि एक सयभन्दा बढी उडान रद्द गरिसकेका छन् ।

स्थानीय मिडियाले नागरिक उडानको निलम्बन शनिबार बिहान हटाइने सम्भावना रहेको रिपोर्ट गरेका छन् ।

भारतीय एयरलाइन्सहरूले अन्य विमानस्थलहरूबाट उड्ने यात्रुहरूलाई सुरक्षा उपायहरू बढाउने सरकारी सूचना उल्लेख गर्दै प्रस्थानभन्दा कम्तीमा तीन घण्टा अगाडि आइपुग्न अनुरोध गर्दै सल्लाह जारी गरेका छन् ।

बुधबारको आक्रमणहरू नयाँदिल्लीले विवादित काश्मीरको भारत प्रशासित भागमा पर्यटकहरूमाथि भएको आक्रमणलाई समर्थन गरेको आरोप इस्लामाबादमाथि लगाएको दुई हप्तापछि आएको हो । उक्त आरोपलाई पाकिस्तानले अस्वीकार गरेको छ ।

त्यसयता मुख्य प्रतिद्वन्द्वीहरूले काश्मीरमा आफ्नो विवादित सीमा पार गरेर ड्रोन र क्षेप्यास्त्रहरूका साथै तोप चलाएका छन् । हिंसाले छिमेकीहरू बीच व्यापक सङ्घर्षको डर बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो