२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मौसमी जटीलताका कारण पाकिस्तानका विद्यालय बन्द

२०८२, २४ जेष्ठ शुक्रबार १७:१७

जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी जटिलताका कारण विद्यालय बन्द हुँदा पाकिस्तानका विद्यालयहरु बन्द भएका छन् ।

गर्मी, विषाक्त धुवाँ र असामान्य चिसोका कारण उत्पन्न जोखिमबाट बच्चाहरूलाई जोगाउने उद्देश्यले विद्यालय वन्द गरेको प्रशासनले जनाएको छ ।

गर्मीले मे महिनामा पञ्जाबमा ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) सम्म तापक्रम पुगेकाले धेरै प्रान्तहरूमा विद्यालयको समय कटौती गरी गर्मी बिदा दिइएको हो ।

पाकिस्तानमा धेरै मौसमी चुनौती रहेकाले विद्यार्थीहरू लामो समयसम्म गर्मी र धुवाँबाट प्रभावित भएको र यसबाट सुरक्षाका लागि विद्यालय बन्द गरिएको लाहोरस्थित शैक्षिक अभियान्ता बेला रजा जामिलले बताउनुभयो ।

सरकारी तथ्याङ्क अनुसार पाकिस्तानी विद्यालय जाने उमेरका लगभग एक तिहाइ अर्थात् दुई करोड ६० लाखभन्दा बढी बालबालिका विद्यालयको पहँचभन्दा बाहिर छन् । यसैगरी, ६५ प्रतिशत बालबालिकाहरू १० वर्षको उमेरसम्म पनि उपयुक्त सामग्री पढ्न असमर्थ छन् ।

वायु प्रदूषणका कारण गत बर्ष पनि नोभेम्बरमा दुई हप्ता, गर्मीका कारण मेमा एक हप्ता बिदा दिइएको थियो । यो बर्ष जनवरीमा चिसोका कारण तिन हप्ता बिदा भएका थिए भने मेमा गर्मीका कारण दुई हप्ता विद्यालय बन्द रहनेछन् ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा मे महिनाको गर्मीले गर्दा तीन वर्षसम्म लगातार गर्मी बिदा गर्नुपर्ने अवस्था निम्त्याएको छ ।

दक्षिणी सिन्ध प्रान्तमा पनि अभिभावकहरूको बढ्दो मागका बावजुद अधिकारीहरूले गर्मीसँग सम्बन्धित शैक्षिक बन्दको विरोध गरेका छन् ।

“यस्तो मौसममा अविभावकहरू बालबालिकालाई विद्यालय पठाउन गाह्रो मान्ने गरेका छन्,” स्थानीय एक निजी विद्यालयका प्रिन्सिपल सादिक हुसेनले बताउनुभयो ।

मौसमी जटिलताले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्य प्रभावित भइरहेको अल सिन्ध प्राइभेट स्कुल एन्ड कलेज एसोसिएसनका महासचिव दोस्त मोहम्मद दानिशले बताउनुभयो ।

शिक्षक, अभिभावक र शिक्षा विज्ञहरू विद्यालय र परीक्षाको समय तालिका तथा बिदाहरूमा पुनर्विचार गर्नुपर्ने बताउँछन् ।

विश्व बैङ्कका वरिष्ठ शिक्षा विशेषज्ञ इजजा फर्राखले जलवायु परिवर्तनसँग सम्बन्धित प्रभावले बालबालिकाको सिक्ने समयलाई असर गरिरहेको बताउनुभएको छ ।

सिन्ध प्रान्तमा विश्व बैङ्कको ऋणबाट वित्त पोषित भई सुविधा सम्पन्न विद्यालयहरू निर्माण भइरहेका छन् । यहाँ बालबालिकाहरू मौसमी जटीलताको सामना गर्दै पठन पाठन गर्न सक्छन् ।

तर पाकिस्तानका अन्य ग्रामीण स्थानहरूमा सन् २०२२ को बाढीबाट विद्यालयहरू क्षतिग्रस्त भएका थिए । ती स्थानमा बालबालिकाहरू विद्यालय भवन बाहिर असुरक्षित रुपमा सिक्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन