२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मध्यपूर्वमा चर्किएको तनावसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यवृद्धि

३० जेष्ठ २०८२, बिहीबार १२:४९

काठमाडौँ । मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा उल्लेख्य वृद्धि भएको छ। अमेरिकाले इराकस्थित आफ्ना दूतावास खाली गर्ने तयारी गरिरहेको खबर सार्वजनिक भएपछि बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको हो।

लन्डनस्थित आईसीई एक्सचेञ्जमा ब्रेन्ट क्रुडको मूल्य बिहीबार बिहानको कारोबारमा २ डलर ९० सेन्टले बढेर प्रतिब्यारेल ६९ डलर ७७ सेन्टमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ४.३४ प्रतिशतले बढी हो।

त्यस्तै, अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट पनि ३ डलर १७ सेन्टले बढेर प्रतिब्यारेल ६८ डलर १५ सेन्टमा पुगेको छ। दुवै प्रमुख बेन्चमार्कको मूल्य अप्रिलको सुरुयता कै उच्च विन्दुमा पुगेको हो।

पेट्रोल निर्यातकर्ता देशहरूको संगठन (ओपेक) को दोस्रो ठूलो तेल उत्पादक राष्ट्र इराकमा तनाव बढेसँगै व्यापारीहरूले क्रुड फ्यूचर्समा ठूलो मात्रामा लगानी गरेका छन्। प्राइस फ्यूचर्स ग्रुपका विश्लेषक फिल फ्लिनका अनुसार, “बजारले यति ठूलो भूराजनीतिक जोखिमको अपेक्षा गरेको थिएन, जसले मूल्यमा तत्काल प्रभाव पार्‍यो।”

तेल मूल्यवृद्धिमा अर्को कारण इरान र अमेरिकाबीचको चर्किंदो तनाव पनि हो। इरानी रक्षामन्त्री अजिज नासिरजादेहले परमाणु वार्ता असफल भएमा अमेरिकी सैन्य शिविरहरूलाई निशाना बनाउने चेतावनी दिएका थिए। यस्तो अवस्थाले इरानको तेल आपूर्ति सीमित हुने आशंका गरिएको छ।

यद्यपि, ओपेक र त्यसबाहिरका प्रमुख उत्पादक राष्ट्रहरूले आगामी जुलाईदेखि दैनिक ४ लाख ११ हजार ब्यारेल उत्पादन वृद्धि गर्ने योजना बनाएका छन्, जसले आपूर्तिमा गम्भीर बाधा नपर्ने अनुमान गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…