२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चिनियाँ कप्तानलाई ताइवानको अदालतले सुनायो ३ वर्षको जेल सजाय

२०८२, ३० जेष्ठ बिहीबार १६:५०

काठमाडौँ । ताइवान स्ट्रेटमा रहेको समुद्री केबलमा क्षति पुर्‍याएको आरोपमा एक चिनियाँ नागरिकलाई तीन वर्षको जेल सजाय सुनाइएको छ।

ताइवान टापु र पेन्गु टापुहरू जोड्ने केबल तोडिएको घटनामा टोगोलीमा दर्ता भएको ‘होङ ताई ५८’ नामक जहाजका कप्तान वाङ थरलाई दोषी ठहर गर्दै ताइनान जिल्ला अदालतले बिहीबार फैसला सुनाएको हो। हालैका वर्षहरूमा ताइवान वरिपरि समुद्रमुनि केबलहरू काटिएको रिपोर्टहरू सार्वजनिक भइरहेका छन्।

ताइवानले यो घटनालाई चीनबाट स्वशासित टापुमा दबाब दिने रणनीतिको रूपमा व्याख्या गर्दै चीनमाथि केबल तोडफोडको आरोप लगाएको छ। चीनले भने यस आरोपलाई अस्वीकार गर्दै घटनालाई ‘सामान्य समुद्री दुर्घटना’ को संज्ञा दिएको छ।

समुद्रमुनि बिछ्याइएका केबलहरूले विश्वको अधिकांश इन्टरनेट ट्राफिक बोकेको हुन्छ। अन्तर्राष्ट्रिय केबल संरक्षण समितिका अनुसार, प्रत्येक वर्ष विश्वभर यस्ता केबलहरूमा १५० देखि २०० पटकसम्म ब्रेकडाउन हुने गर्छन्।

ताइवानमा हाल १० वटा घरेलु र १४ वटा अन्तर्राष्ट्रिय समुद्री केबलहरू क्रियाशील छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन