२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

टिकटक अमेरिकामा अर्को तीन महिना सम्म चल्ने

४ असार २०८२, बुधबार ११:२३

काठमाडौं । अमेरिकामा टिकटक एप्लिकेसन अर्को तीन महिना (९० दिन) सम्म चल्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष कार्यभार सम्हालेपछि तेस्रोपटक यसको म्याद थप गर्न लागेका हुन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लिभिटले मंगलबार भनिन्, “राष्ट्रपति ट्रम्पले यो हप्ता टिकटक चलिरहन दिने उद्देश्यले अर्को कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन् ।”

चिनियाँ स्वामित्वमा रहेको बाइटडान्सले जनवरीको म्यादसम्म अमेरिकी कम्पनीलाई यो एप बेच्न अस्वीकार गरेपछि यसलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी थियो ।

यसको बारेमा टिप्पणीका लागि बीबीसीले गरेको अनुरोधलाई टिकटक र बाइटडान्सले तुरुन्तै कुनै प्रतिक्रिया दिएनन् ।

९० दिन म्याद थप्ने निर्णयले यो सम्झौता पूरा गर्न सुनिश्चित गर्ने लिभिटले बताइन् । यसले गर्दा अमेरिकी नागरिकले आफ्नो डाटा सुरक्षित रहेको विश्वासमा टिकटक प्रयोग गर्न जारी राख्नसक्ने उनले बताएकी छिन् ।

लिभिटको यो घोषणाभन्दा अगाडि नै ट्रम्पले बीबीसीलाई सम्भवत उनले टिकटकको म्याद थप्ने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…