२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कति शक्तिशाली छ उत्तर कोरियाको हाइड्रोजन बम ?

२० भाद्र २०७४, मंगलवार १०:४७

भदौ २०, काठमाडौँ । उत्तर कोरियाले आइतबार भूमिगत विष्फोट गराएको हाइड्रोजन बम निकै शक्तिशाली मानिएको छ ।

कुनै कुनै अनुमानले त्यसको शक्ति एक सय किलोटन भएको उल्लेख गरेका छन् । अर्थात अमेरिकाले सन् १९४५ मा जापानको नागासाकीमा खसालेको फ्याट बोय नामक अणु बम भन्दा यो पाँच गुणा शक्तिशाली हो ।


नागासाकी विष्फोटले तत्काल ७० हजारको ज्यान गएको थियो । तर अझ पनि मानव निर्मित सबभन्दा शक्तिशाली विष्फोटहरुको तुलना गर्ने हो भने चाहिं यो निकै सानो नै हो ।

परमाणु दौड उत्कर्षमा पुगेको बेला सन् १९६१ मा सोभियत युनियनले बमहरुको राजा नाम दिएको बमको विष्फोट गराएको थियो । उक्त हाइड्रोजन बमको शक्ति ५० हजार किलोटनको थियो ।

प्रतिरोधको नीति

तर पनि उत्तर कोरियाको हालको शासन शैली अनि उसका छिमेकीहरुसंगको सम्बन्धका कारण उसको परीक्षणलाई अन्तर्राष्ट्रिय जगतले निकै गम्भीरताका साथ लिएको छ ।

बीबीसीका विश्लेषक जनाथन मार्कस भन्छन् यसले कयौंले अपेक्षा गरेभन्दा तीव्र गतिमा सबै कित्तामा उत्तर कोरियाली परमाणु कार्यक्रमले प्रगति गरिरहेको छ भन्ने संदेश दिएको छ ।

सैन्य चेतावनी, एक्ल्याउने प्रयास र प्रतिबन्ध जस्ता उत्तर कोरियामाथि दवाव दिने सबै उपाए प्योङ्याङलाई पछाडि धकेल्न विफल देखिएका छन् ।

के यो भन्दा थप पनि गरिनसक्छ ?

पक्कै पनि, तर कडा आर्थिक दवावले त्यहाँको सत्तालाई सम्भवत: निसहाय बनाइदिन र उसलाई वर्वादीतर्फ धकेल्न सक्छ जुन कुराको सामना गर्न चीन अनिच्छुक लाग्छ ।

प्योङ्गयाङ्गको परमाणु कार्यक्रमलाई अब पछाडी फर्काउने भन्दा पनि परमाणु अस्त्रले सुसज्जित भइसकेको उत्तर कोरियासंग अब विश्व जगतले नियन्त्रण र प्रतिरोधको नीति प्रधान रुपमा अपनाउन सक्ने देखिन्छ । बिबिसीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ