२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबद्वारा कतारसँग कुनै पनि सम्वाद नगर्ने घोषणा

२०७४, २४ भाद्र शनिबार १३:५९

भदौ २४, काठमाडौं । साउदी अरबका युवराज र कतारका शासकबीच टेलिफोन वार्ता भएको केहीबेरमै साउदी अरबले कतारसँग कुनै पनि सम्वाद नगर्ने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षसँग छुट्टाछुट्टै कुराकानी गरेपछि साउदी र कतार पक्ष वार्ताको माध्यमबाट विद्यमान संकटको समाधान खोज्न तयार भएका थिए ।

त्यस अनुसार साउदी अरबका युवराज र कतारका शासकबीच टेलिफोन वार्ता भएको थियो । दुबै देशका सरकारी सञ्चार माध्यमका अनुसार कतारका अमीर शेख तमीन बिन अमद अल थानी र साउदीका राजकुमार मोहम्मद बिन सलमानबीच कुराकानी भएको थियो ।

साउदी अरबसहित चार देशले ५ जुनमा कतारसँग कूटनीतिक सम्वन्ध तोडेपछि पहिलो पटक औपचारिक वार्ता भएको हो ।

साउदी प्रेस एजेन्सीका अनुसार कतारी अमिरले संकट समाधानका लागि कुराकानी गर्ने र चार देशको मागमा छलफल गर्ने प्रस्ताव राखे । यसको घोषणा चार देश साउदी अरब, बहराइन, इजिप्ट र यूएईबीच सम्झौता भएपछि हुने थियो ।

कतारको समाचार एजेन्सीले भनेको छ कि साउदीका राजकुमारले विवादित विषयमा समाधान खोज्न दुई राजदूत नियुक्तिको प्रस्ताव राखेका छन्, जसले कुनै पनि देशको सम्प्रभुता असर नहोस् ।

तर, यो वार्ताको केहीबेरमा नै साउदी अरबले कतार वार्ताप्रति गम्भीर नभएको आरोप लगाउँदै अब कुनै पनि सम्वाद नगर्ने बताएको छ ।

बताइएको छ कि विवाद प्रोटोकललाई लिएर भएको हो । पर्यवेक्षकहरुका अनुसार कतारको सरकारी मिडियाले वार्ताको प्रक्रिया दुबै पक्षले सुरु गरेको प्रष्ट सन्देश नदिएको तथा साउदी अरबले वार्ता चाहेको सन्देश दिन खोजेको साउदी अरबको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट