२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आखिर के चाहन्छ उत्तर कोरिया ?

२०७४, २४ भाद्र शनिबार १५:३५


(एकराज पाठक) | भदौ २४, काठमाडौं | न्युयोर्क टाइम्समा टेकियोबाट मोतोको रिच र डेबिड इ.सेन्जरले आखिर के चाहन्छ उत्तर कोरिया शीर्षकमा सेप्टेम्बर ५ मा समाचार विश्लेषण गरेका छन् । ३३ बर्षीय उत्तर कोरियाली तानाशाहा किम जोङ् उनले एकपछि अर्कोगरी जारी राखेको आणविक अश्त्रको भित्री ध्येय खोज्ने प्रयत्न लेखकद्धयले सो विश्लेषणमा गरेका छन् । 

उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणलाई बहुलट्ठीको संज्ञा दिँदै उनीहरुले छ बर्षअघि शासनमा पुगेका किमले बिना कुनै योजना र उद्देश्य गरिरहेको यो कार्यलाई अति उत्तेजक ब्यवहार भनेका छन । तर पछिल्लो पटक परीक्षण गरेको हाइड्रोजन मिश्रित परीक्षणले भने विश्वमा उत्तेजना जगाउनु भन्दा बढी चिन्ता जन्माएको उनीहरुको तर्क छ । 

अमेरिकालाई तर्साउने उसको नियत भए पनि उसको गठबन्धनबाट दक्षिण कोरिया र जापानलाई अलग्याउने अर्को चालबाजी उत्तरको देखिन्छ । जापानतर्फ उसले हानेको मिसाइलले अमेरिकाबाट दक्षिण कोरिया र जापान टाढा तर आफ्नो छिमेकी भएकोले उनीहरुलाई अमेरिकासँगको सम्बन्ध भन्दा छिमेकीसँगको दुश्मनी बढी महङ्गो पर्नसक्ने चेतावनीयुक्त सन्देश हतियारबाटै दिएको हुनसक्ने लेखकद्धय बताउँछन् । 

ओबामा भन्दा ट्रम्प प्रशासन आफ्ना लागि अझ बढी अनुदार रहेकोमा उत्तर कोरिया जानकार छ । त्यसैले अमेरिकाले उसको गठबन्धन प्रयोग गरी आफ्ना विरुद्धमा गर्नसक्ने कारबाहीका लागि पनि आफू रक्षात्मक अवस्थामा छु भनेर उत्तरले देखाउनुपर्ने शक्तिको उपज पनि यो हाइड्रोजन मिश्रित परीक्षण भएको अड्कल धेरैको छ । 

धेरैले र यी दुई लेखकले पनि उत्तर कोरियाको यो खेललाई अमेरिकासँगको मोलमोलाई (ब्ल्याक मेलिङ) मात्र नभएर विश्वका शक्तिशाली नेताहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङले आफूलाई उत्तिकै ब्याबहार गरुन, वार्तामा बोलाउन र आफूले कुनै शर्त राखेर यो अश्त्रको होडलाई गाह्रोगरी स्थगित गर्ने बचन दिनसकुँ भन्ने भित्री ध्येय रहेको बताउँछन् । 

अमेरिकापछि जापान भन्दा पनि उसको आरिस हो दक्षिण कोरिया । किमले दक्षिण कोरियासँग एकीकरण गर्न चाहन्छन् तर दुवैको इच्छाबमोजिम नभई उत्तरको शर्त बमोजिम । यसरी उसले दक्षिण कोरियालाई एकीकरण गर्न वार्ता भन्दा पनि सैनिक अतिक्रमण गर्नसक्ने खतरा पनि देखिन्छ । उत्तरको बारम्बारको यो शक्ति प्रदर्शनले दक्षिणतर्फ बल प्रयोग नगर्ला भन्न सकिन्न । त्यसैले यो दम्भ बाह्य प्रदर्शन हो र यसले मानसिक रुपमा दक्षिणलाई एकीकरणको लागि गलाउन खोजेको हुनसक्छ । 

दक्षिण र उत्तर कोरिया सन् १९५३ को युद्धपछि टुक्रिएका हुन् । त्यसयताको उनीहरुबीच सम्वादभन्दा सत्रुता बढ्दो छ । जसलेगर्दा दक्षिण कोरिया उत्तर भन्दा बढी अमेरिकासँग नजिक छ । एकीकरणको आवाज बेला बेलामा आउछ तर निकै मधुरो छ । त्यो पनि उत्तरका शर्तले गर्दा दक्षिणको आवाजै दबिने गर्छ । जुन उत्तरलाई मन परेको छैन । अब आवाजले भन्दा पनि हतियारले चर्काे बोल्ने प्रयत्न उसको हुनसक्छ । 

उत्तर कोरिया विश्व समुदायमा बलियो उपस्थिति चाहन्छ । यस्तो उपस्थितिको स्थान उसले अरु हिसाबले बनाउन नसकेछि यसरी हतियारले बोलिरहेको छ । तर हतियारकै भाषा भए पनि अन्तर्राष्ट्रिय समुदायले बुझिदिनुपर्ने तर्क धेरैको छ । हतियारले नै सम्वाद गरिदिँदा यसले अर्काे युद्धको खतरा जन्माउन सक्छ । त्यसैले कूटनीतिक संवाद आवश्यक देखिन्छ । जे होस, उसको उपस्थितिले यतिखेर विश्वका शक्ति राष्ट्रहरुका दिमागमा नै अब उत्तरलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा सोच्न बाध्य बनाएकै छ । यसैमा पनि उत्तरले आफ्नो जित देखेको हुनसक्छ । 

तर वार्ताको सम्भावना छैन भन्नुहुन्छ अमेरिकी राष्ट्रपति टम्प । उत्तरले गएको आइतबार गरेको हाइड्रोजन परीक्षणपछि पनि चुप लागेर बस्दा उहाँले दक्षिणको आलोचना गर्नुभएको थियो । दक्षिणले सधैँ वार्तालाई नै जोड दिएपनि उत्तर यसको पक्षमा नरहेको तर्क थियो उहाँको । राष्ट्रपति ट्रम्पको यो अभिव्यक्तिपछि त्यसको भोलिपल्टै दक्षिणले पनि जवाफी फायरस्वरुप क्षेप्यास्त्र हानेको थियो । 

सोलको योनसेइ विश्वविद्यालयका प्राध्यापक मो जोग्रिनले उत्तरको पछिल्लो परीक्षणलाई गम्भीर रुपमा लिनुपर्छ भन्नुहुन्छ । उहाँको भनाई छ, यो खतरनाक छ, यसले पृथ्वी नै हल्लाएको हामीले महसुश गरेका छौँ, त्यसैले यसको सम्बोधन हतियार हो या कूटनीतिक वार्ता चाँडै गर्न सक्नुपर्छ । उहाँको तर्कथियो,—अघिका परीक्षणलाई हामीले केटाकेटी खेलका रुपमा लिएका थियौँ तर पछिल्लो परीक्षणले भोलि खतरा जन्माउन सक्छ । त्यसैले यसको छिटो सम्बोधन जरुरी छ । 

उत्तरको पछिल्लो परीक्षणपछि संसारको कुनै पनि देश उसको पक्षमा छैन । यो हतियारको दम्भ नै हो र यसलाई कुनै न कुनै रुपले कानुनी दायरामा ल्याउनुपर्ने संसारले भनेको छ । तर ती सबै भनाईहरु यसअघिका परीक्षणहरुजस्तै परम्परागत रुपमा मात्र आएका छन् । उही नाकाबन्दी, उही संयुक्त राष्ट्रसंघको निन्दा र तिनै छिमेकीको आक्रोस । तर यतिले मात्र अबको समस्या समाधान गर्न नसक्ने धेरैको सर्वेक्षण छ । त्यसैले सश्त्रास्त्रको होड रोक्न नै विश्व एकहुनु जरुरी छ । 

दुई बर्षयता बारम्बार आणविक परीक्षण गर्र्दै आएको उत्तर कोरियाले पछिल्लो तथा छैठौँ पटक हाइड्रोजन बम पड्काएर छिमेकी तर्साएको मात्र छैन संसारलाई नै झस्काएको छ । त्यसो त यो उसको यो वीरता नभएर बहुलट्ठीपन नै हो । किनभने हतियारले निम्त्याउने दम्भको परिणाम कदापि मानव हितमा हुदैन । तर पनि युद्ध विवेकसाथ नलडिने खेल भएकोले यसको निराकरण हतियारले होइन विवेकले नै गर्नु उपयुक्त हुनेछ । र त्यसको नेतृत्व विश्वशक्ति राष्ट्र अमेरिकाले नै लिनुपर्दछ । 

गत अगष्ट ६ मा हिरोसीमाबासीले दोस्रो विश्वयुद्धको त्रासदीको दुःखद स्मरण गरिरहँदा टोकियोका मेयरले भनेका थिए, ७२ बर्षअघिको हिरोसिमाको त्रासदी सम्झिदा लाग्छ अणुअश्त्र बिनाको संसार जापानको कल्पना हो, तर त्यो अहिले नै सम्भव देखिन्न । यसलाई एक संयोग नै मान्नुपर्छ, उनले त्यसो भनेको केही हप्तामा जापानी समुद्रमा उत्तर कोरियाले मिसाइल फालेको थियो । 

त्यसैले मेयरले भनेजस्तै अहिले नै त्यस्तो संसारको कल्पना गाह्रो पर्दैछ र त्यसमा बल भर्दैछ उत्तर कोरिया । तर यसलाई सम्भव बनाउन संसार लाग्नुपर्छ । हतियारको विकल्प हतियार होइन भनेर उत्तर कोरिया र संसारलाई नै सहमत गराउने विश्वनेता अहिले आवश्यक छ । यस्तो अवस्थामा राष्ट्रसंघले संसारलाई शान्तिपूर्ण नेतृत्व दिन नसक्नुले झनै निराशा थप्न सक्दछ । हतियारको भन्दा शान्तिको आवाज थप मलिन हुनसक्छ । रासस/विभिन्न एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि