२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तीन आमा-बाबु, एक रोगमुक्त जीवन: डीएनए प्रविधिबाट आठ बच्चाको नयाँ जीवन

२०८२, ९ श्रावण बिहीबार १३:३७

काठमाडौँ | बेलायतमा हालै आठ यस्ता बच्चाहरू जन्मेका छन्, जसको जन्म तीन जनाको शारीरिक तत्व प्रयोग गरेर गरिएको हो । वैज्ञानिकहरूले यो प्रविधि गम्भीर वंशाणुगत माइटोकन्ड्रियल रोगहरूबाट जोगाउनका लागि विकास गरेका हुन् ।

यस प्रविधिमा आमाको डिम्ब, बाबुको शुक्राणु र तेस्रो महिलाको स्वस्थ डिम्बको माइटोकन्ड्रिया मिसाइन्छ । यद्यपि यो प्रविधि बेलायतमा कानुनी रूपमा एक दशकदेखि मान्य भए पनि, यसबाट जन्मिएका बच्चाहरूमा रोगमुक्ति पहिलोपटक प्रमाणित भएको हो । माइटोकन्ड्रियल रोग सामान्यतया आमाबाट सर्ने गर्छ र यसले शरीरमा ऊर्जा उत्पादनमा गम्भीर समस्या ल्याउँछ । कतिपय अवस्थामा जन्मेको केही दिनमै बच्चाको मृत्यु समेत हुन सक्छ ।

तीन व्यक्तिबाट जन्मिएका बच्चाहरूले करिब ९९.९% जीन आमाबाबुबाट र बाँकी ०.१% तेस्रो महिलाबाट प्राप्त गर्छन् । यही सानो अंशको परिवर्तनले उनीहरूलाई रोगबाट बचाउन महत्वपूर्ण भूमिका खेल्दछ ।

 

महिलाहरुको अनुभव

यस प्रविधिबाट बच्चा जन्माएका परिवारहरुले आफ्नो परिचय गोप्य राखेका भएपनि न्यूक्यासल फर्टिलिटी सेन्टरमार्फत अज्ञात रूपमा उनीहरूले आफ्ना भावना व्यक्त गरेका छन्। सोही अस्पतालमा उक्त प्रविधिको प्रयोग गरी ती बच्चाहरु जन्माइएको थियो । ती आमाहरुले भनेका छन् – वर्षौंको अन्योलपछि यो उपचारले हामीलाई आशा दिएको छ ।

माइटोकन्ड्रियल रोग के हो ?

माइटोकन्ड्रियालाई कोषको ऊर्जा घर वा पावरहाउस भनिन्छ। माइटोकन्ड्रिया हाम्रो शरीरका कोशिकाभित्र पाइने स–साना हिस्सा हुन् । माइटोकन्ड्रियाले अक्सिजनको मद्दतले खानालाई ऊर्जामा परिवर्तन गर्छन्, जुन हाम्रो शरीरले इन्धन जस्तै प्रयोग गर्छ ।

माइटोकन्ड्रियाले ठीकसँग काम नगरेको खण्डमा शरीरमा पर्याप्त ऊर्जा उत्पादन हुन सक्दैन जसले गर्दा मुटुको धड्कन चलाउन पनि कठिन हुन्छ। यसका साथै यसले मस्तिष्कमा क्षति पुग्ने, ब्रेनस्ट्रोक हुने, दृष्टि कम हुने, मांसपेशी कमजोर हुने र अंगहरू फेल हुने जस्ता गम्भीर समस्याहरू ल्याउन सक्छ ।

माइटोकन्ड्रिया केवल आमाबाट बच्चामा सर्छ। त्यसैले यो अनौठो प्रजनन प्रविधिमा आमाबाबुका साथै अर्को महिलाको पनि योगदान हुन्छ। जसले आफ्नो स्वस्थ माइटोकन्ड्रिया दान गर्छिन् ।

के हो यो प्रविधि ?

बेलायतको न्यूकासल विश्वविद्यालय र न्यूकासल अपोन टाइन अस्पतालले लगभग एक दशकअघि विकास गरेको ‘तीन डीएनए प्रविधि’ मार्फत जन्मिएका आठ बच्चाहरू माइटोकन्ड्रियल रोगबाट मुक्त देखिएका छन्। सन् २०१७ देखि एनएचएसमार्फत यसको सेवा सुरु गरिएको हो।

प्रविधिमा आमाको र दाता महिलाको डिम्बलाई बाबुको शुक्रकिटसँग निषेचन गरिन्छ। भ्रूण विकासपछि आमाबाबुको डीएनए स्वस्थ माइटोकन्ड्रियायुक्त भ्रूणमा राखिन्छ। यसरी बच्चा आमाबाबुसँग जेनेटिक रूपमा जोडिएको भए पनि माइटोकन्ड्रियल रोग रहित हुन्छ।

न्यू इंगल्यान्ड जर्नल अफ मेडिसिनका अनुसार न्यूकासल फर्टिलिटी सेन्टरबाट २२ परिवारले सेवा लिएका छन्। अहिलेसम्म चार बालक, चार बालिका (जसमा एक जोडी जुम्ल्याहा) जन्मिएका छन्।

सेवा निर्देशक प्रा. बबी म्याकफार्ल्यान्डका अनुसार बच्चाहरू स्वस्थ र उमेरअनुसारको विकास गर्दै छन्, जुन प्रविधिको सफलता र भविष्यप्रतिको आशाको संकेत हो।

जोखिम के छ ?

यस प्रविधिसँगै एउटा जोखिम पनि जोडिएको छ। यदि खराब माइटोकन्ड्रिया स्वस्थ भ्रूणमा सरेमा त्यसले नकारात्मक परिणाम ल्याउन सक्दछ ।

तर, पाँचवटा घटनामा कुनै खराब माइटोकन्ड्रिया भेटिएको छैन। बाँकी तीन घटनामा रगत र पिसाबका नमूनाहरूमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म माइटोकन्ड्रियामा खराबी पाइएको छ। जुन जोखिमपूर्ण स्तरभन्दा निकै कम हो|  बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा