२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पिताले भनेको कुरा नमान्दा पछुतो लागेको छ : बलिउड अभिनेता सलमान खान

१३ श्रावण २०८२, सोमबार १२:३४

काठमाडौँ | बलिउड अभिनेता सलमान खानले हालै आफ्नो आधिकारिक एक्स एकाउन्टमा एउटा पोस्ट गरेका थिए | त्यसमा उनले आफ्ना पिताले भनेको कुरा नमानेकोले पछुतो लागेको बताएका छन्| उनले भने बुवाले भनेको कुरा समयमै आत्मसाथ /स्वीकार नगर्दा गल्ति गरेको महसुस गरेको भनेका हुन् | गल्तिहरुको समयमै आत्मालोचना नगर्दा ति गल्तिहरु आफ्नो दैनिकी बनेको उनले भने |

यी र यस्ता थुप्रै गल्तिहरुको कारणले गर्दा ‘वर्तमान हाम्रो विगत बन्छ र विगत हाम्रो भविष्य बन्छ| वर्तमान एउटा उपहार हो, त्यसैले यसलाई राम्रोसँग प्रयोग गर्नुपर्छ । बारम्बार दोहोर्‍याउँदा गल्तीहरू बानी बन्छ, र त्यसपछि यो पात्र बन्छन् । अरू कसैलाई दोष नदिनुस् । तपाईंले गर्न नचाहेको काम गर्न कसैले पनि जबरजस्ती गर्न सक्दैन । मेरो बुबाले मलाई यही भनेका थिए र यो एकदमै सत्य हो । मैले यो पहिले नै सुनेको थिए, तर अब अझै पनि ढिलो भएको छैन ’ उनले भने |

सलमान खान आफ्ना पिता सलिम खानसँग निकै नजिक छन् । तर, एक समय यस्तो थियो जब सलमानको अभिनेता बन्ने इच्छा सुनेपछि सलिम खानले उनलाई गधा नै भनिदिए । पिता सलमानलाई अभिनेता होइन, क्रिकेटर बनाउन चाहन्थे ।

यसका लागि सलिमले पाकिस्तानका महान् क्रिकेटर सलिम दुर्रानीलाई सलमानको प्रशिक्षक बनाएका थिए । सलमानलाई क्रिकेटमा रुचि थिएन । तर उनी राम्रो खेल्थे । एक दिन उनको बुबा उनको खेल हेर्न रङ्गशालामा आए ।उनले आफूले राम्रो खेले भने सधैँभरि क्रिकेट नै खेल्नुपर्छ भन्ने उनलाई थाहा थियो । यही सोचेर पिता आफ्नो खेल हेर्न आएको दिनमा उनले जानी जानी नराम्रो खेले । उनको प्रदर्शन यति खराब थियो कि उनलाई क्रिकेटको प्रशिक्षणबाट हटाइयो ।

केही समयपछि सलमानले १९८९ को फिल्म ‘बिवी हो तो ऐसी’ बाट आफ्नो अभिनय करियर सुरु गरे । सलमानलाई फिल्ममा उनको अभिनय मनै परेन । उनी आफैँ आफ्नो फिल्म फ्लप होस् अनि कसैले नहेरोस् भन्ने कामना गरिबस्थे ।

पहिलो फिल्मबाट असन्तुष्ट सलमानले आफ्ना बुबा सलिम खानलाई फिल्म बनाएर आफूलाई पुनः लन्च गर्न अनुरोध गरे । छोराको यस अनुरोधमा पिताको जवाफ यस्तो थियो– ‘‘इन्दोरबाट मुम्बई आएपछि मैले कहिल्यै घोडामा त पैसा लगानी गरिन, गधामा म कसरी लगानी गर्न सक्छु ?’

तर, केही समयपछि सलमान खानले सुरज बडजात्याको फिल्म ‘मैने प्यार किया’मा काम पाए । यो फिल्मले उनलाई रातारात स्टार बनायो । हालै सलमानको फिल्म सिकन्दर यसै वर्ष रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन । अब सलमान चाँडै फिल्म ब्याटल अफ गलवानमा देखिँदैछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला