२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुसमा करिब ४५० वर्षपछि ज्वालामुखी विस्फोट

२०८२, १९ श्रावण आईतवार १३:४४

काठमाडौँ | रुसको पूर्वी कामचटका क्षेत्रमा करिब ४५० वर्षपछि क्रासेनिनिकोभ ज्वालामुखी विस्फोट भएको छ । सन् १५५० यता निष्क्रिय रहेको यो ज्वालामुखीबाट धुवाँ ६ हजार मिटर उचाइसम्म पुगेको रुसी आपत्कालीन मन्त्रालयले जनाएको छ । विस्फोटको धुवाँ प्रशान्त महासागरतिर फैलिएको र बस्ती क्षेत्रमा खरानी नखसेको मन्त्रालयले जानकारी दिएको छ । जोखिमका कारण ‘सुन्तला’ स्तरको उड्डयन चेतावनी जारी गरिएको छ, जसले उडानमा असर पार्न सक्छ ।

यो विस्फोट कामचटकाकै क्लुचेभस्कोय ज्वालामुखी सक्रिय भएसँगै भएको हो । क्लुचेभस्कोय युरोप–एसियाको सबैभन्दा अग्लो सक्रिय ज्वालामुखी हो र सन् २००० यता १८ पटक विस्फोट भइसकेको छ । हालै आएको ८.८ म्याग्निच्युडको भूकम्पपछि यी दुबै ज्वालामुखी सक्रिय भएका हुन् ।

भूकम्पपछि जापान, हवाई र इक्वेडरका तटीय क्षेत्रमा सुनामी चेतावनी जारी भएको थियो । सबैभन्दा ठूलो क्षति रुसमै भएको थियो, जहाँ सेभेरो–कुरिल्स्क बन्दरगाहमा सुनामीले माछा उद्योग डुबाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम