२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज जापान माथि हानिएको मिसाइल कस्तो ? राष्ट्रसंघमा आकस्मिक बैठक, जापानले बदला लिने !

२०७४, ३० भाद्र शुक्रबार ०७:४१

भदौ ३०, सोल | नर्थ कोरियाले एकपटक फेरी जापानमाथि ब्यालेस्टिक मिसाइल हानेको छ । उसले १८ दिनपछी फेरी अर्को मिसाइल हानेको हो । ३ सेप्टेम्बरमा पनि उसले न्यूक्लियर टेस्ट (हाइड्रोजन बम) गरेको थियो । नर्थ कोरियाले जापानमाथि लगातार दोश्रो मिसाइल हानेपछी जापान र अमिरिकालाई थप दवाब सिर्जना गरेको छ । जापानको रक्षा मन्त्रीले प्रधानमन्त्री शिन्जो आबेसँग यस बिषयमा आकस्मित बैठक गरेका छन् । हाइड्रोजन बम टेस्टपछी राष्ट्र संघले नर्थ कोरियामाथि थप कडा नाकाबन्दी लगाएको थियो । जापानका प्रधानमन्त्री शिन्जोआबेले दोश्रो आक्रमण पछी उत्तर कोरियालाई अब नसहने बताएका छन् । 

समाचार एजेन्सीको अनुसार साउथ कोरियाको रक्षा मन्त्रालयले बताए अनुसार उत्तर कोरियाले हानेको मिसाइलले सम्भवत: ३७०० किलोमीटरको दुरी तय गरेको थियो | साथै मिसाइल ७७० किमी ऊंचाईसम्म गएको थियो ।

अमेरिकी प्यासेफिक कमान्डले प्रमाणित गरेको छ कि उत्तर कोरियाको यो मिसाइल, इन्टरमीडिएट रेन्ज ब्यालेस्टिक मिसाइल (IRBM) थियो । इन्टरनेशनल इन्स्टीच्युट फर स्ट्रेटेजिक स्टडीजका जोसेफ डेन्प्सीले बताए अनुसार उत्तर कोरियाको यो मिसाइलले अहिलेसम्मकै सबैभन्दा बढी दूरी तय गरेको छ ।

जब मिसाइल जापानको आकास माथिबाट गयो तब, होक्काइदो आइल्याण्डको दक्षिणी भागमा लाउडस्पीकरमा अनाउन्स गरिएको थियो- 'मिसाइल लन्च भएको छ है ।'  

उत्तर कोरियाले मिसाइल हान्नुको कारण के हुन सक्छ ? 

३ सेप्टेम्बरमा नर्थ कोरियाले 6th न्यूक्लियर परिक्षण गरेको थियो । त्यसपछि राष्ट्र संघको सेक्युरिटी काउन्सिलले उत्तर कोरियामा ८ नयाँ नाकाबन्दि लगायो । उत्तर कोरियाले हानेको मिसाइल परिक्षण  त्यसैको रिसमा हानिएको हुनसक्छ । उत्तर कोरियाले मिसाइल हानेपछी राष्ट्रसंघले आज सिक्युरिटी काउन्सिलको आकस्मिक बैठक बोलाएको छ । यस अघि २९ अगस्टमा उत्तर कोरियाले जापानमाथि ह्वासोङ-12 मिसाइल हानेको थियो । यो इन्टरमीडिएट रेन्ज ब्यालिस्टिक मिसाइल (IRBM) थियो ।

मिसाइल हानेर के देखाउन चाहन्छ उत्तर कोरिया ?

सोलको यूनिवर्सिटी अफ नर्थ कोरियन स्टडीजका यांग मू-जिनले भने अनुसार किम जोन- यस्तो म्यासेज दिन चाहन्छन् कि उसलाई कसैको नाकाबन्दी वा घमण्डको असर परेको छैन र उसले धम्कि मात्र दिईरहेको छैन ।

आफु माथि मिसाइल छाडेपछी जापानले उत्तर कोरियालाई उपयुक्त जवाफ दिने बताएको छ । जापान सरकारका मुख्य प्रवक्ता योशीहिदे सुगाले समेत उत्तर कोरिया माथि कडा शब्दमा त्यसको जवाफ दिने बताएका छन् ।

उत्तर कोरियाले कहिले-कहिले हान्यो मिसाइल ? 

- ९ अक्टूबर, २००६ मा पहिलो पटक जमीनमुनी न्यूक्लियर परिक्षण गरेको थियो । 

- २५ मे, २००९ मा दोश्रो पटक एटमी परिक्षण ।

- १३ जून, २००९ मा उत्तर कोरियाले यूरेनियम एनरिचमेन्टगर्ने कुरा जानकारी गरायो । यसलाई न्यूक्लियर विपन्स र प्लूटोनियममा आधारित रिएक्टर बनाउने सम्भावना मानियो ।

- ११ मे, २०१० मा न्यूक्लियर फ्यूजन रिएक्टर बनाउने उत्तर कोरियाले दावी गर्यो । 

- १३ फेव्रुअरी, २०१३ मा तेश्रो पटक न्यूक्लियर परिक्षण गर्यो ।

- ६ जनवरी, २०१६ मा हाइड्रोजन बम परिक्षण गर्यो ।

- सेप्टेम्बर २०१६ मा उसले पाँचौं एटमी परिक्षण गर्यो ।

- ३ सेप्टेम्बर २०१७ मा 6th एटमी परिक्षण गर्यो । यो हाइड्रोजन बम नै थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै