२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज जापान माथि हानिएको मिसाइल कस्तो ? राष्ट्रसंघमा आकस्मिक बैठक, जापानले बदला लिने !

३० भाद्र २०७४, शुक्रबार ०७:४१

भदौ ३०, सोल | नर्थ कोरियाले एकपटक फेरी जापानमाथि ब्यालेस्टिक मिसाइल हानेको छ । उसले १८ दिनपछी फेरी अर्को मिसाइल हानेको हो । ३ सेप्टेम्बरमा पनि उसले न्यूक्लियर टेस्ट (हाइड्रोजन बम) गरेको थियो । नर्थ कोरियाले जापानमाथि लगातार दोश्रो मिसाइल हानेपछी जापान र अमिरिकालाई थप दवाब सिर्जना गरेको छ । जापानको रक्षा मन्त्रीले प्रधानमन्त्री शिन्जो आबेसँग यस बिषयमा आकस्मित बैठक गरेका छन् । हाइड्रोजन बम टेस्टपछी राष्ट्र संघले नर्थ कोरियामाथि थप कडा नाकाबन्दी लगाएको थियो । जापानका प्रधानमन्त्री शिन्जोआबेले दोश्रो आक्रमण पछी उत्तर कोरियालाई अब नसहने बताएका छन् । 

समाचार एजेन्सीको अनुसार साउथ कोरियाको रक्षा मन्त्रालयले बताए अनुसार उत्तर कोरियाले हानेको मिसाइलले सम्भवत: ३७०० किलोमीटरको दुरी तय गरेको थियो | साथै मिसाइल ७७० किमी ऊंचाईसम्म गएको थियो ।

अमेरिकी प्यासेफिक कमान्डले प्रमाणित गरेको छ कि उत्तर कोरियाको यो मिसाइल, इन्टरमीडिएट रेन्ज ब्यालेस्टिक मिसाइल (IRBM) थियो । इन्टरनेशनल इन्स्टीच्युट फर स्ट्रेटेजिक स्टडीजका जोसेफ डेन्प्सीले बताए अनुसार उत्तर कोरियाको यो मिसाइलले अहिलेसम्मकै सबैभन्दा बढी दूरी तय गरेको छ ।

जब मिसाइल जापानको आकास माथिबाट गयो तब, होक्काइदो आइल्याण्डको दक्षिणी भागमा लाउडस्पीकरमा अनाउन्स गरिएको थियो- 'मिसाइल लन्च भएको छ है ।'  

उत्तर कोरियाले मिसाइल हान्नुको कारण के हुन सक्छ ? 

३ सेप्टेम्बरमा नर्थ कोरियाले 6th न्यूक्लियर परिक्षण गरेको थियो । त्यसपछि राष्ट्र संघको सेक्युरिटी काउन्सिलले उत्तर कोरियामा ८ नयाँ नाकाबन्दि लगायो । उत्तर कोरियाले हानेको मिसाइल परिक्षण  त्यसैको रिसमा हानिएको हुनसक्छ । उत्तर कोरियाले मिसाइल हानेपछी राष्ट्रसंघले आज सिक्युरिटी काउन्सिलको आकस्मिक बैठक बोलाएको छ । यस अघि २९ अगस्टमा उत्तर कोरियाले जापानमाथि ह्वासोङ-12 मिसाइल हानेको थियो । यो इन्टरमीडिएट रेन्ज ब्यालिस्टिक मिसाइल (IRBM) थियो ।

मिसाइल हानेर के देखाउन चाहन्छ उत्तर कोरिया ?

सोलको यूनिवर्सिटी अफ नर्थ कोरियन स्टडीजका यांग मू-जिनले भने अनुसार किम जोन- यस्तो म्यासेज दिन चाहन्छन् कि उसलाई कसैको नाकाबन्दी वा घमण्डको असर परेको छैन र उसले धम्कि मात्र दिईरहेको छैन ।

आफु माथि मिसाइल छाडेपछी जापानले उत्तर कोरियालाई उपयुक्त जवाफ दिने बताएको छ । जापान सरकारका मुख्य प्रवक्ता योशीहिदे सुगाले समेत उत्तर कोरिया माथि कडा शब्दमा त्यसको जवाफ दिने बताएका छन् ।

उत्तर कोरियाले कहिले-कहिले हान्यो मिसाइल ? 

- ९ अक्टूबर, २००६ मा पहिलो पटक जमीनमुनी न्यूक्लियर परिक्षण गरेको थियो । 

- २५ मे, २००९ मा दोश्रो पटक एटमी परिक्षण ।

- १३ जून, २००९ मा उत्तर कोरियाले यूरेनियम एनरिचमेन्टगर्ने कुरा जानकारी गरायो । यसलाई न्यूक्लियर विपन्स र प्लूटोनियममा आधारित रिएक्टर बनाउने सम्भावना मानियो ।

- ११ मे, २०१० मा न्यूक्लियर फ्यूजन रिएक्टर बनाउने उत्तर कोरियाले दावी गर्यो । 

- १३ फेव्रुअरी, २०१३ मा तेश्रो पटक न्यूक्लियर परिक्षण गर्यो ।

- ६ जनवरी, २०१६ मा हाइड्रोजन बम परिक्षण गर्यो ।

- सेप्टेम्बर २०१६ मा उसले पाँचौं एटमी परिक्षण गर्यो ।

- ३ सेप्टेम्बर २०१७ मा 6th एटमी परिक्षण गर्यो । यो हाइड्रोजन बम नै थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला