२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाको आकासमा अमेरिका र जापानबाट बमबर्षक बिमान पुगे, भिडन्त हुनसक्ने

८ आश्विन २०७४, आईतवार ०९:२५

साउन ८, सोल | उत्तर कोरियाको आकासमा अमेरिकी बमवर्षक विमान पुगेपछि त्यसको चर्चा विश्वभरि चुलिएको छ । उत्तर कोरियाको पूर्वी तटको अन्तर्राष्ट्रिय हवाई आकासमाथि अमेरिकी जहाजहरु पुगेको पहिलो पटक हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंम्पले उत्तर कोरियालाई ध्वस्त पार्ने चेतावनी दिएको एक साता नबित्दै  B-1B नामक बमबर्षक तथा F-15C युद्व बिमान  शनिबार उत्तरको आकाश नजिक उडेका छन् ।

यता अमेरिकी सैनिक अधिकारीहरुले भने बमबर्षक तथा युद्व बिमानले हाललाई उत्तर कोरियाको पूर्वी सीमा नजिक शक्ति प्रदर्शन मात्र गरिरहेको प्रतिक्रिया दिएका छन् ।


प्योङयाङको आणविक कार्यक्रमका कारण हालैका दिनमा तनाव थप चुलिएको छ । संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाका विदेश मन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मघाति लक्ष्य लिएको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले गत मंगलबार राष्ट्र संघलाई सम्बोधन गर्दै उत्तर कोरियाली नेता किम जोन उनलाई रकेट आत्मघाती लक्ष्य तिर उन्मुख भएको रकेट म्यानको संज्ञा दिएका थिए । 

उत्तर कोरियाली विदेश मन्त्रीको भाषण आउनु केहीअघि पेन्टागनले शक्ति प्रदर्शन गर्ने घोषणा गरेको थियो । पेन्टागनले जारी गरेको विज्ञप्तिमा भनिएको छ- यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति ट्रम्पसँग कैयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्ष्य हो । सैन्य शक्ति पूर्ण क्षमतामा प्रयोग गरेर हाम्रो र हाम्रा सहयोगीहरुको भूमि सुरक्षा गर्न हामी तम्तयार छौं।’

बमवर्षक र युद्व विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेका थिए । कोरियाली प्रायद्विपमा तनाब चुलिदै गइरहेको अवस्थामा अमेरिकाको यो कदमले थप भिडन्त हुनसक्ने अनुमान गरिएको छ । साथै कोरियामा खतराका संकेत देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला