२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियामा अब एक चिजले मात्र काम गर्न सक्छ: ट्रम्प

२२ आश्विन २०७४, आईतवार ०८:००

असोज २२, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग वर्षौं वार्ता गर्दा पनि कुनै उपलब्धि ननिक्लेको भन्दै चेतावनी दिएका छन् । 

अब उत्तरसँग समस्या समाधान गर्न ‘एक चिजले मात्र काम गर्न सक्छ’ भन्दै ट्रम्पले ट्वीट गरेका हुन् । बिबिसीका अनुसार आफ्नो ट्वीटमा उनले भनेका छन्, ‘राष्ट्रपति र उनका सरकारले उत्तरसँग वर्षौंदेखि वार्ता गर्दा पनि कुनै नतिजा निस्किएन। अब एक कुराले मात्र काम गर्न सक्छ ।’

ट्रम्पले त्यो ‘एक चिज’ के हो भन्ने खुलाएका छैनन् । अमेरिका र उत्तरबीच लामो समयदेखि तनाव चलिरहेको छ। उत्तरले बारम्बर गरिरहेको क्षेप्यास्त्र परीक्षण रोकोस् भन्ने अमेरिकाको चाहना हो।

पछिल्लो समय उत्तरविरुद्ध अमेरिकाले नाकाबन्दी लगाएपछि विवाद झनै चर्किएको हो । उत्तरका राष्ट्रपति किम जोङ उन र ट्रम्पबीच वाकयुद्ध पनि चलिरहेको छ। यी दुई देशबीचको विवादमा दक्षिण कोरिया, रसिया, चीन र जापान पनि प्रत्यक्षरुपमा मुछिएका छन् ।

जापानी आकाश हुँदै उत्तरले गरेको क्षेप्यास्त्र परीक्षणपछि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले उत्तरमा नाकाबन्दी झन् कडा गरेको छ । चीनले उत्तरसँगको कपडा कारोबार आगामी जनवरीदेखि बन्द गर्ने भएको छ भने तेल आपूर्तिमा कडाइ गरेको छ ।

बारम्बार उत्तर ध्वस्त पार्ने धम्की दिदैं आएका ट्रम्पको यो सांकेतिक चेतावनीमा अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचिएको छ । गत साता अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तरसँग सिधा वार्ता गर्ने प्रयास गरेका भनिएको थियो । यसमा पनि ट्रम्पले प्रतिक्रिया दिदैं ‘आफ्नो उर्जा बचाएर राख रेक्स, हामीले जे गर्नुपर्ने हो, हामी गर्छौं’ भनेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ