२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी संकट समाधानका कतारी राजाको यस्तो आव्हान

२०७४, १ कार्तिक बुधबार १८:५३

कात्तिक २, दोहा (रासस/सिन्ह्वा) | कतारका राजा सेख तमिम बिन हमद अल थानीले जारी कतार संकट समाधानका लागि वार्तामा बस्न बुधबार आह्वान गर्नुभएको छ । 

इन्डोनेसियाको राजधानी जाकर्ताको दक्षिणी क्षेत्रमा पर्ने बोगोरमा रहेको राष्ट्रपति कार्यालयमा राष्ट्रपति जोको विडोडोसँगको भेटपछि उहाँले पत्रकारहरूसँग यस्तो बताउनु भएको कतार न्युज एजेन्सीले जनाएको छ । 

समस्या समाधानका लागि कतार सधैँ वार्ताका लागि तयार रहेको हामीले भनेका छौं, हामीलाई यो पनि थाहा छ की यो समस्या बल्झाएर कसैले जित्ने होइन, उहाँले भन्नुभयो । 

कतारी राजा अल थानीले थप्नुभयो, “हामीहरू सबै जना दाजुभाइ हौँ, तर पनि हामी यस्तो संकटबाट गुज्रिरहेका छौं ।” 

कतारी राजासँग ४० जना व्यवसायीसहितको टोली थियो । उनीहरूले पनि खाडी संकट समाधानका लागि आग्रह गरेका थिए । 

गत जुन ५ देखि साउदी अरबको नेतृत्वमा युएई, बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन् । 

कतारले आतंककारीहरूलाई सघाएको नाकाबन्दी गर्ने देशहरूको आरोप छ भने उनीहरूको आरोपलाई कतारले अस्वीकार गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने