२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरियामा लडाईं जारी, युद्धविराममा सहमति बनेन

२०७४, ११ फाल्गुन शुक्रबार ०७:३६

फागुन ११, संयुक्त राष्ट्रसंघ । सिरियामा पछिल्लो समयमा हिंसा झन बढेपछि त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न प्रयास भएको छ, तर सम्भव भने हुन नसकेको बताइएको छ । 

पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा आक्रमण गरेको छ । सो आक्रमणमा परी सयाँै सर्वसाधारण मारिएका छन् । 


सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीहरुले बताएअनुसार सो क्षेत्रमा यसै महिनाको सुरुदेखि नै सिरियाली सेनाको अगुवाईमा रहेका सुरक्षाकर्मीहरुले हवाई र स्थलगत कारबाही गरेका छन् । 

जसका कारण यहाँका ३०० जना भन्दा बढी सर्वसाधारण मारिएका छन् । नागरिक हत्याको अवस्था अत्यन्तै क्रुर र नाजुक भएकोले सिरियामा केही समयका लागि मात्र भए पनि युद्धविरामको प्रयास संयुक्त राष्ट्रसंघले गरेको हो । 

मानवअधिकारबादीहरुले मानवीय सहायता पु¥याउनका लागि यहाँ युद्धविराम गर्नुपर्ने प्रस्ताव गरेका बताइएको थियो । सोही बमोजिम संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा उक्त प्रस्तावमा छलफल भएको थियो । 

सो छलफलमा सहमति भने हुन नसकेको रूसले बताएको छ । सुरक्षा परिषदमा रुसले पनि सिरियामा युद्धविरामको लागि प्रस्ताव गरेको थियो । यस विषयमा बिहीबार पनि छलफल भएको हो । 

संयुक्त राष्ट्रसंघका लागि रूसी राजदूत भसिली नबेन्जियाले राष्ट्रसंघीय सुरक्षा परिषदमा रुसले उक्त प्रस्तावमा संशोधन प्रस्तुत गरेको भए पनि युद्धविरामका लागि भने प्रस्ताव नै गरेको जानकारी दिनुभएको थियो । 

सिरियाको पूर्वी क्षेत्र गुटास्थित केही भाग विद्रोहीको घेराबन्दीमा रहेको बताइएको छ । सो क्षेत्रमा पछिल्लो समयमा बमबारीका घटना बढेका छन् । सोही कारण त्यहाँ युद्धविराम गर्नुपर्ने आवाज उठेको हो । 

प्राप्त समाचारहरुका अनुसार घेराबन्दीमा रहेको क्षेत्रको अवस्था निकै दयनीय रहेको र त्यहाँ खाद्यान्न, पानी, विजुली तथा अन्य आधारभूत आवश्यकताको पनि ठूलो अभाव रहेको बताइएको छ । 

अधिकारवादीहरुको प्रस्तावमा देशव्यापी रूपमा सिरियामा एक महिनाका लागि युद्धविराम गर्ने गरी मस्यौदा प्रस्ताव अघि सारिएको थियो । उक्त प्रस्ताव छलफलमा नै छ र अहिलेसम्म त्यसमा सहमति जुट्न सकेको छैन । 

सन् २०१३ यता सिरियाली सेनाले विद्रोहीको घेराबन्दीमा रहेको भनिएको पूर्वी गुटामा करिब चार लाख मानिसको बसोबास रहेको छ । 

त्यस क्षेत्रमा हाल आएर सिरियाली सेनाको नेतृत्वमा रहेको सुरक्षा निकायले व्यापक मात्रामा बमबारी र स्थलगत कारबाही थालेकोमा यस्तो प्रकारको कारबाही रोक्न संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । 

सिरियाली राजधानी दमासकसको सबैभन्दा नजिकपर्ने क्षेत्रमा विद्रोहीहरूको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र नै गुटा हो । त्यस क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सिरियाली सुरक्षाबले आक्रमणको तयारी गरिरहेको बताइएको छ । 

सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै आन्दोलन सुरु भएको थियो । 

त्यहाँ हाल जारी गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स बढ्दै गएका छन् । जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म ३ लाख ४० हजार भन्दा बढी व्यक्ति मारिएका छन । 

त्यसैगरी लाखौँ घाइते भएका छन् भने अरु लाखौँलाख नागरिक घरबारबिहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य छन् । 

संयुक्त राष्ट्रसंघले सिरियामा शान्तिपूर्ण वार्ताको माध्यमबाट जारी हिंसात्मक गतिविधी रोक्ने प्रयास गरिरहेको भए पनि त्यो सम्भव हुन सकिरहेको छैन । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते