२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै दुर्लभ रगत ‘गोल्डेन ब्लड’ के हो ? जुन संसारमै जम्मा ४३ जनासँग मात्र छ

११ माघ २०७५, शुक्रबार ०६:०२

काठमाडौं | रगत रातो हुन्छ यो सबैलाई थाहा भएकै कुरा हो । त्यसैले 'गोल्डेन ब्लड' अर्थात सुनौलो रगत भन्ने बित्तिकै कतिपयलाई अचम्म लाग्न सक्छ र प्रश्नचिन्ह स्वत: खडा हुन्छ, रगत त रातो पो हुन्छ कसरी सुनौलो भयो ?

तर रगतका विभिन्न समूहमध्ये 'गोल्डेन ब्लड' पनि एक हो । यो निकै दुर्लभ रगत समूह हो । जो विश्वमा एकदमै कम मानिसमा मात्र भेटिन्छ । यो रगत समूह भएका मानिसलाई विशेष मानिए पनि उनीहरुको लागि आफ्नो रगत समूह 'गोल्डेन' हुनु घातक हुनसक्छ । जुन रगत समूहलाई 'गोल्ड ब्लड' भनिन्छ, त्यसको वास्तविक नाम RH Null 'आरएच नल’ हो ।

आरएच नल के हो र यो किन महत्वपूर्ण मानिन्छ जसका कारण यसको तुलना सुनसँग गर्ने गरिन्छ ? आखिर यो रगत समूह हुनु उनीहरुलाई किन खतरा हुन्छ त ? 

खतरनाक ‘गोल्डेन ब्लड’

रगतमा जति पनि कम्बिनेशन छन्, त्यसमा RH Null सबैभन्दा फरक मानिन्छ । यदि कसैको रगतमा RH एन्टिजन नै छैन भने उसको रगत समूह RH Null अर्थात 'गोल्डेन ग्रुप' हुन्छ ।

बायोमेडिकल रिसर्च पोर्टल मोजाइकमा छापिएको एक लेखमा पेनी बेलीले लेखेका छन्, "पहिलोपटक यो रगत समूहको पहिचान सन् १९६१ मा गरिएको थियो । अष्ट्रेलियाकी एक महिलामा यो रगत समूह भेटिएको थियो । त्यसपछि अहिलेसम्म पूरै विश्वमा जम्मा ४३ मानिसमा यो रगत समूह भेटिएको छ ।"

नेशनल युनिभर्सिटी अफ कोलम्बियाका हेमाटोलोजी विशेषज्ञ नतालिया विलारोयाका अनुसार यो  रगत समूह वंशाणुगत रुपमा हुने गर्छ ।  

यो युनिभर्सल रगत समूह हो जो कुनैपनि RH र बिना RH को रगत भएका मानिसहरुलाई चढाउन सकिन्छ । तर यो आफैमा दुर्लभ रगत समूह भएकोले यो रगत दान एकदमै कमरुपमा गरिन्छ । नेशनल रिफ्रेन्स लेबोरेटरीका निर्देशक डाक्टर थिएरी पेरर्डका अनुसार एकदमै दुर्लभ भएका कारण नै यसलाई 'गोल्डेन ब्लड' भनिएको हो ।

बेलीका अनुसार यस समूहको रगत एकदमै महंगो हुनेगर्छ । कसैको नाम र ठेगानाबिना नै यो रगतलाई ब्लड बैंकमा राखिन्छ तर वैज्ञानिकहरुले आफ्नो अनुसन्धानको लागि भने यो रगत दान गर्नेहरुको नाम ठेगानासहित राखेको पाइएको छ ।

गोल्डेन ब्लड ग्रुप हुनु मानिसलाई चुनौती पनि भइदिन सक्छ । युएस रेयर डिजिज फर इन्फर्मेशन सेन्टरका अनुसार यो रगत समूह भएको मानिसमा एनिमिया अर्थात रक्तअल्पता हुने डर हुने गर्छ । र उनीहरुलाई रगत चढाउनुपर्ने भयो भने यस समूहको रगत भेटाउन पनि समस्या हुनेगर्छ ।

यदि अन्य देशमा यो रगत समूहका दाता भेटिहाले पनि यसलाई ल्याउन खर्चिलो साथसाथै झन्झटिलो हुने गर्छ ।

यस रगत समूहका मानिसहरु ब्राजिल, कोलम्बिया, जापान, आयरल्याण्ड र अमेरिकामा रहेका छन् । यो रगत समूहका मानिसहरुलाई आफ्नो रगत दान गरिराख्न प्रोत्साहन गरिएको छ । आवश्यक परेको बेला आफैलाई र यस समूहका अन्यलाई पनि काम लाग्न सक्छ । किनकी भनेको बेला यो रगत भेटाउन असम्भव जस्तै हुनेगर्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’