यसअघि उनि कोभिड-१९ बाट गम्भीर बिरामी परेका थिए । अहिले उनि कोरोनाबाट निको भएर नियमित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यसअघि उनि कोभिड-१९ बाट गम्भीर बिरामी परेका थिए । अहिले उनि कोरोनाबाट निको भएर नियमित"/>

३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मेरो मृत्यु भएको भए के गर्ने भन्ने योजना बनेको थियो’ – ब्रिटेनका प्रधानमन्त्री

२२ बैशाख २०७७, सोमबार ०७:१३

वैशाख २२, काठमाडौँ (बिबिसीको सहयोगमा) | ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरस सङ्क्रमणका आफ्नो मृत्यु भएको भए के गर्ने भन्ने विषयमा "आकस्मिक योजनाहरू" बनाइएको खुलासा गरेका छन् । 

यसअघि उनि कोभिड-१९ बाट गम्भीर बिरामी परेका थिए । अहिले उनि कोरोनाबाट निको भएर नियमित काममा फर्किसकेका छन् । 

"यो त्यति बेलाको कुरा हो जति बेला…उनीहरू यसलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा सोच्न थालेका थिए," उनले भने । उनले भने "यो निकै कठिन क्षण थियो, यसलाई म अस्वीकार गर्दिनँ," 'सन' पत्रिकाले उनलाई उद्धृत गरेको छ ।

उनका अनुसार आफ्नो मृत्यु भएको अवस्थामा के गर्ने भन्ने विषयमा चिकित्सकहरूले योजना बनाएका आफूले त्यति बेला नै थाहा पाएको बताएका छन् । 

जोनसनका अनुसार उनलाई जीवित राख्न निकै धेरै अक्सिजन दिइएको थियो।

उनले आफू निको हुनुमा निकै राम्रो स्याहारलाई श्रेय दिए। उनले भने "म यसबारे भावुक हुन्छु…तर त्यो असाधारण कुरा थियो।" 

गत मार्च २६ मा जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको थाहा भएको थियो। त्यसको १० दिनपछि उनलाई लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो। त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो।

"केही दिनमै मेरो स्वास्थ्यस्थिति त्यो स्तरमा बिग्रिएको कुरा विश्वास गर्न गाह्रो थियो," उनले भने। कोरोनाभाइरसको सङ्क्रमण कति गम्भीर रोग हो भन्ने विषलाई व्याख्या गर्दै उनले भने, "मेरो नाक फुटिसकेको छ। औँला, नाडी र करङ पनि भाँच्चिसकेको छ। लगभग सबै कुरा भाँच्चिएको छ। कुनैकुनै अङ्ग त धेरै पटक भाँच्चिएको छ।"

"तर मैले कहिल्यै पनि यति गम्भीर परिस्थिति भोगेको थिइनँ।" 

अस्पतालमा बिताएको समयले आफूलाई अरू मानिसहरू यो रोगबाट पीडित नहोऊन् र यूकेलाई "फेरि स्वस्थ" बनाउन सकियोस् भनेर प्रेरित गरेको जोनसनले बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन