२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बच्चाबाट कोरोना फैलने खतरा छ कि छैन ? अध्ययन यसो भन्छ

२०७७, ४ श्रावण आईतवार ०९:२७

साउन ४, काठमाडौँ (एजेन्सी) | ब्रिटेन र अमेरिका सहित कयौं देशहरुमा कोरोना भाइरस संक्रमण जारी छ, यसको कारण वालबालिकाहरुले पढ्न नपाएको कारण विश्व चिन्तामा छ । यसै कारण पनि हुनसक्छ कोरोनाबाट ग्रसित भईरहेका देशहरुले स्कूल खोल्ने तयारी गरेका छन् । कोरोना महामारी फैलिरहेको देशहरुले समेत स्कुल संचालन गर्ने तयारी गरेपछि यस्तो चर्चा चलिरहेको छ कि बच्चाबाट कोरोना संक्रमण कम फैलन्छ वा उनिहरुलाई कोरोना संक्रमणको खतरा कम छ । तर, एक महत्वपूर्ण अध्ययनले बच्चामा कोरोना संक्रमणको जोखिम कम हुने मानिसको सोचाईको बिपक्षमा हुने गरि जानकारी सार्वजनिक गरेको छ । 

साउथ कोरियामा ६५ हजार मानिसमा गरिएको अध्ययनको परिणामले बताएको छ कि स्कूल खोल्दा कोरोनाको संक्रमण थप बढ्न सक्छ । अध्ययनको क्रममा थाहा भयो कि १० बर्षभन्दा कम उमेरका बच्चाले वयस्कको तुलनामा कम संक्रमण फैलाउँछ, तर खतरा शून्य भने छैन । 


अध्ययनका अनुसार, १० देखि १९ बर्षका बच्चामा कोरोना संक्रमण फैलाउने दर वयस्ककै बराबर हुन्छ ।  मिन्नेसोटा युनिभर्सिटीका सरुवा रोग विशेषज्ञ मिशेल ओस्टरहोम भन्छन् कि बच्चामा पनि संक्रमण फैलन सक्छ, अब हामीले यस कुरालाई स्वीकार गर्नु जरुरी छ ।

हार्वर्ड ग्लोबल हेल्थ इन्स्टीट्यूटका निर्देशक डा. आशीष झा भन्छन् 'एशिया र यूरोपका केहि अध्ययनमा यस्तै संकेत भेटिएको थियो कि बच्चा कोरोनाबाट कम संक्रमित हुन्छन् र संक्रमण पनि कम फैलाउँछन् । तर यो अध्ययन सानो थियो । तर नयाँ अध्ययन निकै व्यवस्थित तरीकाबाट गरिएको थियो र ठूलो संख्यामा मानिसहरुबाट अध्ययन गरिएको थियो ।


अध्ययनमा थाहा भयो कि १० बर्षभन्दा कम उमेरमा बच्चामा संक्रमण फैलाउने आंकडा वयस्कको तुलनामा करीब आधा हुन्छ । किनकि बच्चाहरु साँस लिएपछि कम हावा छोड्छन्  र उनीहरुको उचाई पनि कम हुन्छ, मानिएको छ कि यसै कारण उनीहरु कम संक्रमण फैलाउछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?