१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमा बालबालिका हेरचाहको अवस्था नाजुक रहेको युनिसेफको भनाई

७ श्रावण २०७७, बुधबार ०९:३२

साउन ७, संयुक्त । राष्ट्रसंघ (रासस/सिन्ह्वा)। संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ । विश्वमा जारी रहेको कोरोना भाइरसको संकटका कारण यस्तो अवस्था रहेको मंगलबार युनिसेफले जनाएको हो । बालबालिकाले प्रारम्भिक शिक्षा लिने र उनीहरुको राम्रो हेरचाह र रेखदेख गर्नुपर्ने अवस्थामा ह्रास आएको युनिसेफको भनाई छ ।

प्राप्त समाचारअनुसार संयुक्त राष्ट्रसंघले नै हालैमात्र विश्वका कम्तीमा पनि ४ करोड बालबालिकाले प्रारम्भिक शिक्षा लिने, विद्यालय जाने र खेल्ने लगायतको वातावरण नपाएको अथवा यस्ता कार्यबाट बालबालिका बञ्चित हुन पुगेका उक्त प्रतिवेदनमा जनाइएको थियो ।

कोभिड १९ का कारण बालबालिकाले खेल्ने र विद्यालय या मन्टेश्वरी जान पनि नपाएकाले गर्दा विश्वमा बालबालिकाको हेरचाहको अवस्थामा पनि ह्रास आएको सो प्रतिवेदनमा जनाइएको थियो ।

बालबालिकाले पाउने यो सेवाका लागि बाल स्याहार केन्द्र या प्राथमिक विद्यालहरु पनि बन्द रहेकोले यस्तो अवस्था आएको युनिसेफले जनाएको हो । विश्वका कैयौँ देशमा फैलिएको यो महामारीका कारण लकडाउन गर्नु परेकोले उनीहरुका आमाबुबाहरु पनि समस्यामा परेका, कतिपयले आफ्नो रोजगारी पनि गुमाउनु परेकोले गर्दा पनि उनीहरुले आफ्ना नानीबाबुहरुलाई हेरचाह गर्न सक्ने अवस्था नरहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । 

युनिसेफको सो प्रतिवेदनमा मध्य तथा निम्न आय भएका विश्वका ५४ देशका बालबालिका विशेषगरी यस्तो समस्यमा परेका बताइएको छ । ती देशका तीन देखि पाँच वर्षको उमेरका बालबालिका यस्तो समस्यामा परेका मंगलबार युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

खासगरी अफ्रिकाका ९० प्रतिशत र एसियाका ७० प्रतिशत महिलाहरु अनौपचारिक क्षेत्रको रोजगारीमा रहेका र उनीहरुले अरु देशका महिलाले भन्दा बढी आफ्ना बालबालिकाको हेरचाह गर्न नपाएका पनि सो समाचारमा जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का