१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा कोभिड–१९ बाट थप सङ्क्रमित हुनेको सङ्ख्या पहिलो पटक ९२०

८ श्रावण २०७७, बिहीबार १७:४८

साउन ८, काठमाडौँ | जापानमा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ९२० पुगेको र बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना सङ्क्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी गराएका छन् ।

जापानमा दैनिक सङ्क्रमित हुने कोभिड–१९ विरामीको सङ्ख्या पहिलोपटक ९०० भन्दा माथि पुगेको सरकारी अधिकारीले बताएका छन् । जापानका विभिन्न छ क्षेत्रमा पछिल्ला केही दिनदेखि सङ्क्रमण दर बढ्दो अवस्थामा रहेको छ ।

यस पहिले डाउमण्ड प्रिन्सेस नामक पानी जहाजमा ७१२ जना सङ्क्रमित भेटिएबाहेक एकै दिन यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएको पहिलो पटक हो ।

पछिल्लो २४ घण्टामा टोकियो महानगर प्रशासनले ३६६ थप सङ्क्रमित भएको जनाएको छ । टोकियोमा पनि एकै दिन तीन सयभन्दा बढी व्यक्ति सङ्क्रमित भेटिएको यो नै पहिलो पटक हो । 

टोकियोमा अहिलेसम्म १० हजार ४२० जना कोभिड–१९ सङ्क्रमित भेटिएका छन् । विगत २४ घण्टामा टोकियोपछि धेरै सङ्क्रमित हुने ओसाका क्षेत्रमा १०४ र टाकियोका छिमेकी क्षेत्रहरू कानागावा, साइतामा र चाइबामा क्रमशः ५३, ६४ र ३३ थप व्यक्ति सङ्क्रमित भेटिएका छन् । 

जापानमा बिहीबारसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार चार पुगेको बताइएको छ । यसमध्ये १३ जना डायमण्ड प्रिन्सेस पानी जहाजमा सङ्क्रमणपछि मृत्यु भएका थिए ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा बिहीबारसम्ममा ५५ जना जटिल खालका सङ्क्रमित रहेका छन् भने अहिलेसम्म २१ हजार ३१० व्यक्ति निको भई घर फर्किएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का