२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार एयरवेजले ४ देशसँग माग्यो ५ बिलियन डलर क्षतिपूर्ति

२०७७, ९ श्रावण शुक्रबार ०६:०२

साउन ९, काठमाडौं । कतारको राष्ट्रिय ध्वजावाहक हवाई कम्पनी कतार एयरवेजले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहराइनले आफ्ना एयरस्पेसबाट प्रतिबन्ध लगाएकाले यी देशहरुबाट क्षतिपूर्ति स्वरुप न्यूनतम ५ बिलियन डलर माग गरेको छ ।

कतार एयरवेजलाई यी चार राष्ट्रले सन् २०१७ देखि आफ्ना एयरस्पेसबाट प्रतिबन्ध लगाएको थियो । कतारले आतंकवादलाई समर्थन गरेको आरोप लगाउँदै यी चार राष्ट्रले कतारसँगको सम्झौता तोडेका थिए । तर दोहाले आफ्नो स्वाधिनतामा धावा बोल्ने उद्देश्यले प्रतिबन्ध लगाइएको भन्दै यो आरोपको खण्डन गर्दै आइरहेको छ ।

कतार एयरवेजले पनि यो प्रतिबन्ध आफूलाई लक्षित गरेर लागू गरिएको र यी चार देशमा कम्पनीको सञ्चालन बन्द गर्न, लगानीलाई विफल पार्नका साथै कम्पनीको वैश्विक सञ्चालन सिध्याउने उद्देश्यका साथ गरिएको जनाएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै अरब लगानी सम्झौतासहित तीनवटा सम्झौताअन्तर्गत चारवटा लगानी मध्यस्थताबाट आफूलाई पर्न गएको नोक्सानी दाबी गरेको छ । कतार एयरवेजका कार्यकारी प्रमुख अकबर अल बकरले यो संकट हल गर्न गरेको तीन वर्षभन्दा लामो छलफलबाट कुनै पनि परिणाम ननिस्किएपछि आफ्नो अधिकार रक्षा गर्न र पूर्ण क्षतिपूर्ति दाबी गर्न कानुनी बाटो रोजेको बताउँछन् । कतार एयरवेजको आफ्नो सीमित एयरस्पेस भएको र चार राष्ट्रले प्रतिबन्ध लगाएकाले उडानका लागि कम्पनी इरानमा निर्भर रहँदै आइरहेको छ । यो विवादको कानुनी लडाइँमा गत साता देशहरुबीचको समस्या सुल्झाउने संयुक्त राष्ट्रसंघको सर्वाेच्च अदालतले कतारको पक्ष लिएको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?