१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको जवाफी कारवाही, अमेरिकी वाणिज्य दूतावास बन्द

९ श्रावण २०७७, शुक्रबार ०७:२६

साउन ९, काठमाडौं । चीनले अमेरिकामाथि जवाफी कारवाही गर्दै चंगडूमा उसको महावाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले यो हप्ता ह्यूस्टनमा चिनियाँ दूतावास बन्द गर्ने अमेरिकी निर्णयविरुद्ध यो आवश्यक र वैध प्रतिक्रिया भएको जानकारी दिएको  छ । मन्त्रालयले भन्यो, ‘चीन र अमेरिकाबीच यस्तो वर्तमान स्थिती छ जुन चीन कुनै पनि हालतमा चाहँदैन र अमेरिका यसका लागि पूर्ण जिम्मेवार छ ।’

बीबीसी संवाददाताका अनुसार चंगडूमा सन् १९८५ मा यो महावाणिज्य दूतावास बनाइएको थियो जसमा २ सय बढी मानिसहरु काम गर्छन् र यो रणनीतिक रुपमा यसकारण पनि महत्वपूर्ण थियो किनभने यो तिब्बत नजिक थियो ।

यस्तै अमेरिकाले भिसासम्बन्धि धोकाको मामिलामा चीनका तीन नागरिकलाई पक्राउ गरेको छ र चौथो चिनियाँ नागरिकलाई पनि पक्राउ गर्ने तयारी गरिरहेको छ । अमेरिकी न्याय विभागकाम अनुसार गिरफ्तार गरिएका चिनियाँ नागरिकले कथित रुपमा चिनियाँ सेनाका सदस्य भएको भन्दै झुटो बोलेका थिए ।

अमेरिकाले किन बन्द गर्यो चिनियाँ दूतावास ?

ट्रम्प प्रशासनले ह्यूस्ट दूतावासलाई शुक्रबारसम्म बन्द गर्ने आदेश दिएको थियो । प्रशासनको आरोप अनुसार यसले बौद्धिक सम्पदाको जासुसी गर्छ र त्यसको चोरी गर्छ । अमेरिकी विदेश विभागकी प्रवक्ता मोर्गन अर्टागसले भनेका छन्, ‘अमेरिकी बौद्धिक सम्पदा र आफ्ना नागरिकको नीजि जानकारीको सुरक्षाका लागि ह्यूस्टनस्थिती चिनियाँ वाणिज्यिक दूतावासलाई बन्द गर्ने निर्णय लिइएको छ ।’

चीनले यो दूतावासमार्फत् अमेरिकामा देश विरोधी गतिविधी गरिरहेको आरोप लगाएका छन् । चीनले आक्रामक धारणा बनाउँदै जवाफी कारवाहीको कुरा गरेको थियो । चिनियाँ विदेश मन्त्रालयले भनेको थियो, ‘हामी अमेरिकी सरकारसँग आफ्नो अनुचित फैसला तुरुन्त रद्द गर्न आग्रह गर्छौं ।’

यसअघि अमेरिकी मिडियामा केही रिपोर्ट आएको थियो जसमा चिनियाँ दूतावासभित्र ठूलो परिमाणमा दस्तावेज जलाइएको जानकारी दिइएको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का