१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको वुहानमा थप सङ्क्रमित भेटिएनन्

१० श्रावण २०७७, शनिबार १४:३४

साउन १०, वुहान (रासस/सिन्हा) | सबैभन्दा पहिले नयाँ कोरोनाभाइरस (कोभिड–१९) पत्ता लागेको चिनियाँ शहर वुहानमा विगत २४ घण्टामा पनि कोरोनाभाइरस सङ्क्रमित नभेटिएको प्रान्तीय स्वास्थ्य आयोगले शनिबार जानकारी गराएको छ ।

वुहानमा शुक्रबारसम्म सङ्क्रमितको निकटमा रहेका चार व्यक्तिलाई सङ्क्रमित भएको हुनसक्ने भन्दै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । हुबेईमा बिहीबारसम्ममा सबै शङ्कास्पद विरामीहरूको परीक्षणपछि उनीहरूलाई घर पठाइएको थियो । यद्यपि शुक्रबार भेटिएका विरामी विदेशबाट आएका र उनीहरूमा कोभिड–१९ सङ्क्रमण भएको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

त्यस्तै चिनियाँ मुख्यभूमिमा शुक्रबार पाँच व्यक्ति सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैजना विदेशबाट चीन आएका अधिकारीहरूले बताएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार दिएको जानकारी अनुसार अहिलेसम्म विदेशबाट चीन भित्रिएका दुई हजार ३४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

थप सङ्क्रमितमध्ये दुई जना साङ्घाई नगरपालिकाका रहेका छन् भने दुई जना क्वाङडोङ प्रान्तमा विदेशबाट आएका व्यक्ति हुन् भने एक व्यत्ति, भित्री मङ्गोलिया स्वायत्त क्षेत्रका भएको आयोगले बताएको छ । 

चीनमा पहिलो र पछिल्लो क्लस्टरमा गरी कूल ८३ हजार ७८४ जनामा सङ्क्रमण पुष्टि भएकोमा चार हजार ६३४ जनाको मृत्यु भएको छ । चीनमा सङ्क्रमितमध्ये ७८ हजार ८८९ व्यक्ति निको भई घर फर्किएका छन् भने अझै २६१ जनाको विभिन्न शहरहरूमा रहेका कोभिड–१९ विशेष अस्पतालमा उपचार भइरहेको छ । विरामीमध्ये छ जनामा जटिल स्वास्थ्य समस्या देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का