१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीन अमेरिका विवाद : अमेरिकी वाणिज्यदूतावास खाली गर्न थालियो

११ श्रावण २०७७, आईतवार ०८:३९

साउन ११, चेङ्दु, चीन । (रासस–एएफपी) । चीनको चेङ्दु शहरमा रहेको अमेरिकी वाणिज्यदूतावासबाट स्थानीय कामदारहरुले अमेरिकी प्रतीक चिन्हहरु शनिबार हटाएका छन् । बेइजिङले चेङ्दुस्थित वाणिज्यदूतावास बन्द गर्न आदेश दिएलगत्तै भोलिपल्ट अर्थात शनिबार दूतावासबाट ती सामान हटाउन थालिएको हो ।

अमेरिकाको ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास हटाउन अमेरिकी प्रशासनले आदेश दिएलगत्तै त्यसको बदलामा चीनले पनि चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास बन्द गर्न आदेश दिएको थियो । दुबै मुलुकले वाणिज्यदूतावास मार्फत एकअर्का विरुद्ध जासुसी गरेको र राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको आरोप लगाउँदै आएका छन् । 

चेङ्दुको अमेरिकी वाणिज्यदूतावास कहिले बन्द हुन्छ भन्नेबारेमा अझै स्पष्ट भइसकेको छैन, तर वाणिज्यदूतावासमा राखिएका प्रतीक, निशान हटाउन थालिएको एएफपीका स्थानीय समाचारदाताले बताएका छन् । अहिले त्यहाँ अमेरिकी झण्डामात्र फर्फराएको देख्न सकिन्छ । 

शनिबार अपराह्न तीन वटा ट्रक वाणिज्यदूतावास परिसरमा प्रवेश गरेका थिए । भवनबाट ठुल्ठूला प्लास्टिक ब्यागमा सामानहरु बिहानैपख फालिएका थिए । फुटेका प्लास्टिक ब्यागभित्र कागजातहरु देखिएको एएफपीका समाचारदाताले जनाएका छन् ।

बेइजिङले चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास बन्द गर्नु चीनका लागि बैधानिक र अत्यावश्यक कार्य रहेको प्रतिक्रिया दिइसकेको छ । बेइजिङले चेङ्दुस्थित कुटनीतिक नियोगले चीनको राष्ट्रिय सुरक्षा र सरोकारमाथि खतरा उत्पन्न गराएको आरोप लगाएको छ । 

उता, अमेरिकी अधिकारीहरुले पनि ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावासका गतिविधि शंकास्पद रहेको आरोप लगाएका छन् । ह्युस्टन नियोगले अमेरिकी कर्पोरेट गोपनीयताका साथै स्वास्थ्य र वैज्ञानिक अनुसन्धानसँग सम्बन्धित सूचनाहरु चोरी गरेको दाबी गरेको छ । 

अमेरिकाले ह्युस्टन नियोग ७२ घण्टाभित्र छाड्न आदेश दिएसँगै शुक्रबारभित्र नियोगको कार्यालय बन्द भएको छ भने त्यहाँबाट सबै कर्मचारीले कार्यालय छाडेका छन् । 

बेइजिङले अमेरिकी गुप्तचर निकायका व्यक्तिहरु ह्युस्टन नियोगभित्र जबर्जस्ती प्रवेश गरेको बताएको छ । चीनको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा ह्युस्टन नियोग अन्तर्राष्ट्रिय कानुन बमोजिम स्थापना भएको र यो चिनियाँ सम्पत्ति रहेको उल्लेख छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का