१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको समूद्रमा कम्तिमा २४ रोहिंज्या आप्रवासी डुबेको आशङ्का

११ श्रावण २०७७, आईतवार १६:४३

साउन ११, क्वालालम्पुर | थाईल्याण्ड नजिकै मलेसियाको समुद्री तटमा कम्तीमा दुई दर्जन शरणार्थीहरू बोकेको डुङ्गाबाट हाम फालेको तर आइतबारसम्म एक जना मात्र सम्पर्कमा आएको बताइएको छ । उनीहरू डुङ्गाबाट किन हाम फाले भन्ने विषय खुलेको छैन । 

पोडेर तटमा पुगेका एक रोहिंज्या आप्रवासीलाई प्रहरीको जिम्मा लगाइएको तर अन्य रोहिंज्या सदस्यहरू डुबेको आशङ्का गरिएको एक तटवर्ती अधिकारीले आइतबार बताएका छन् । 

उत्तरी राज्य केडा र पर्लिसका तटीय सुरक्षा गार्ड प्रमुख मोहम्मद जववी अब्दुल्लाहका अनुसार २४ बर्षीय नूर हुसेनलाई लाङ्गकावीको रिसोर्ट टापुमा किनारमा पुर्याएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । 

“अवैधरूपमा मलेसिया प्रबेश गरेका रोहिंज्या आप्रवासी टोलीका २४ जना डुङ्गाबाट हाम फालेका तर  पौडी खेली जीवन जोगाउन उनी मात्रै सफल भएका व्यक्ति थिए,” जववीले भन्नुभयो ।

वेपत्ता रहेका भनिएका अन्यको खोजी भइरहेको एक अधिकारीले एएफपीलाई बताए । उनका अनुसार समाचार तयार पार्दासम्म कसैलाई पनि जीवित वा मृत अवस्थामा नभेटिएको उनले बताए ।

मुसलमान बाहुल्य मलेसिया रोहिंज्याका लागि रोजिएकको गन्तव्य हो । 

तीन बर्ष पहिले म्यानमारमा सैन्य कारबाहीपछि भागेर आएका सात लाखभन्दा बढी रोहिंज्या मुसलमानहरुमध्ये धेरैले बंगलादेशको कोक्स बजार जिल्लामा शरण लिई बसेका थिए भने ।

केहीले शिविरमा बढी भीडभाड भएपछि भारत, नेपाल, मलेसिया, इनडोनेसिया लगायतका मुलुकमा शरणार्थी जीवन विताइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का