१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमित बढे

१४ श्रावण २०७७, बुधबार ११:३४

साउन १४, सोल (रासस/सिन्ह्वा)। दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढ्न थालेका छन् । पछिल्लो समयमा यहाँका सङ्क्रमितहरु बढ्न थालेको देखिएको बताइएको छ । यहाँका सरकारी अधिकरीहरुले सोलमा पछिल्लो महिना संङ्क्रमित हुनेहरुको संख्या बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ ।

प्राप्त समाचारमा पछिल्लो २४ घण्टामा यहाँ थप ४८ जनामा कोरोना भेटिएको बताइएको छ । बुधबार बिहान सो जानकारी दिइएको हो ।योसँगै यहाँका सङ्क्रमितहरुको संख्या १४ हजार २५१ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन ३० जना भन्दा कमै मात्र सङ्क्रमित थपिने गरेको भए पनि गएका केही दिन यता भने त्यसमा बृद्धि भएको र सङ्क्रमितहरु थपिएका बताइएको हो । 

उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । गएको २४ घन्टामा थपिएका ४८ जना सङ्क्रमितमध्ये २९ जना त विदेशबाट आएका नारिक हुन् ।पछिल्लो दुई दिनमा दुई व्यक्तिको मृत्यु भएपछि सङ्क्रमणबाट ज्यान जानेको संख्या ३०० जना पुगेको बताइएको छ । यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको छ । 

यहाँ निकै थोरै संख्यामा मात्र सङ्क्रमितहरु रहेका थिए र यहाँको मृत्यु दर पनि २.११ प्रतिशत मात्र रहेको थियो । यहाँका १३ हजार भन्दा बढी नागरिक निको भएर घर फर्किएका छन् । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा निको हुने व्यक्तिको संख्या ९१ प्रतिशत भन्दा बढी भएको बताएका छन् ।

दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको छ । तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा सङ्क्रमितहरुको संख्या बढ्दै गएको देखिएको भए पनि उनीहरु विदेशबाट आएका बढी रहेको बताइएको छ । 

दक्षिण कोरियाको सरकारले गएको जुन ३ तारिखदेखि कोरोना भाइरसको परीक्षण शुरु गरेको थियो । त्यस यता आजसम्ममा यहाँको सरकारले करिब १५ लाखभन्दा बढी व्यक्तिको परीक्षण गरेको जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का