१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोभिड १९ संङ्क्रमितको संख्या १५ लाख ८३ हजार नाघ्यो

१५ श्रावण २०७७, बिहीबार १०:२६

साउन १५, नयाँ दिल्ली । (रासस/एएनआइ)। भारतमा ‘कोभिड १९’सङ्क्रमितको संख्या १५ लाख ८३ हजार नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार १२३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ८३  हजार ७९२ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । 

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७५ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार ९६८ जना पुगेको छ । सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये १० लाख २० हजार ५२८ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख २८ हजार २४२ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।  

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यको रुपमा रहेको छ । महाराष्ट्रमा बुधबार एकै दिनमा  नौ हजार २११ व्यक्ति थप सङ्क्रमित भएका छन् भने एकै दिनमा २९८ जनाको मृत्यु भएको छ । 

महाराष्टमा कुल  चार लाख ६५१ जना सङ्क्रमित अवस्थामा रहेका छन् भने दुई लाख ७५५ जना निको भएर घर फर्किएका छन् । हाल महाराष्ट्रमा एक लाख ४६ हजार १२९ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने । कोरोना सङ्क्रमणको कारण हालसम्म १४ हजार ४६३ व्यक्तिको मृत्यु भइसकेको छ । 

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा दुई लाख ३४ हजार ११४ जनामा सङ्क्रमण भएको छ र राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा एक लाख ३२ हजार २७५ जना सङ्क्रमण भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का