२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्तिपूर्ण प्रदर्शनमा सरकारले बल प्रयोग गरेकोमा पूर्व राष्ट्रपति ओबामाको आपत्ति

२०७७, १६ श्रावण शुक्रबार ०८:४९

साउन १६, वासिङटन (रासस/एएनआई)। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा सरकारको विरुद्धमा प्रदर्शन गरेका व्यक्तिहरुमाथि सरकारले बल प्रयोग गरी दमन गरेकोमा विरोध गर्नुभएको छ । 

पूर्व राष्ट्रपति ओबामाले नागरिकले स्वतन्त्रतापूर्वक आफ्ना भनाईहरु राखेर प्रदर्शन गरेको अवस्थामा डोनाल्ड ट्रम्पको प्रशासनले सुरक्षाकर्मी पठाएर प्रदर्शन गरको व्यक्तिहरुमाथि आक्रमण गरेको भन्दै त्यसको निन्दा गर्नुभएको हो । यसरी शान्तिपूर्ण रुपमा प्रदर्शनमा रहेका नागरिकहरुमाथि ट्रम्प प्रशासनले ठूलो संख्यामा प्रहरी पठाएर उनीहरुलाई दमन गरेको, टियर ग्याँस प्रयोग गरेको र प्रहरीले कुटपिट पनि गरेको भन्दै त्यसको विरोध गर्नुभएको हो । 

उहाँलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन सिएनएनले भनेको छ कि पछिल्ला केही समययता अमेरिकामा काला जातिका नागरिकहरु माथि सरकारले गरेको दमन त सबैले देखेकै छौँ र अहिले पनि त्यो दमनको अवस्था रोकिएको छैन ।सरकारले नागरिकमाथि अनावश्यक डर र त्रास देखाएको र नभएको कानुनको प्रयोग गरेर जनतालाई त्रसिद् बनाएको पनि पूर्वराष्ट्रपति ओबामाले बताउनुभएको अमेरिकी टेलिजिभन सिएनएनले जानकारी दिएको छ । 

अमेरिकामा रहेका आप्रवासी, विद्यार्थीहरु आदिलाई अनेक खालका डर र त्रास देखाएर सरकारले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेर आफ्ना कुरा राख्न पनि नदिएको आरोप पूर्व राष्ट्रपति ओबामाले लगाउनुभएको छ ।केही सयम अघि एक जना काला जातिका अमेरिकी नागरिकको प्रहरीको कारबाहीमा परी ज्यान गएपछि सरकारका विरुद्धमा आन्दोलन चर्किएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?