साउन ११, जेनेभा । आगामी महिना (अगस्ट) मा सिरियामा विगत पाँच वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि नयाँ चरणको वार्ता सुरु हुने कुरा मङ्लबार संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि प्रतिनिधि स्टेफेन डे मिस्टुराले बताउनुभएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, जेनेभा । आगामी महिना (अगस्ट) मा सिरियामा विगत पाँच वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि नयाँ चरणको वार्ता सुरु हुने कुरा मङ्लबार संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि प्रतिनिधि स्टेफेन डे मिस्टुराले बताउनुभएको छ । 
२०८२, २८ चैत्र शनिबार
काठमाडौँ - KTM

राष्ट्रसङ्घद्वारा अगस्टमा सिरियाबारे पुनः वार्ता सुरु गर्ने

२०७३, ११ श्रावण मंगलवार १८:०४

साउन ११, जेनेभा । आगामी महिना (अगस्ट) मा सिरियामा विगत पाँच वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि नयाँ चरणको वार्ता सुरु हुने कुरा मङ्लबार संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि प्रतिनिधि स्टेफेन डे मिस्टुराले बताउनुभएको छ । 

पटकपटक भएका वार्ता सिरियाको द्वन्द्व अन्त्य गर्न असफल भए पनि द्वन्द्वरत पक्षलाई वार्ताको विकल्प नभएको निष्कर्षमा पु¥याएको बताउँदै अब हुने वार्ताले सिरियाको आन्दोलनलाई अन्त्य गर्नेमा आफू विश्वस्त रहेको राष्ट्रसङ्घका सिरिया प्रमुख मिस्टुराले बताउनुभयो । 

हामी अगस्टको अन्त्यतिर सिरियामा द्वन्द्वरत पक्ष र बसर अल असदको सत्ताबीच तेस्रो चरणको वार्ता प्रक्रियालाई अगाडि बढाएर सन् २०११ देखि जारी द्वन्द्वलाई अन्त्य गर्ने कार्यमा जुटेका छौँ, उहाँले थप्नुभयो । 

मिस्टुराले सिरियामा द्वन्द्वरत केही विद्रोहीसमूहलाई सहयोग पुर्याउँदै आएको संयुक्त राज्य अमेरिका र असदलाई सहयोग पु¥याउँदै आएको रसियाका उच्च अधिकारीसँगको छलफलपछि सो कुरा बताउनुभएको हो । 

दुवै देशसँगको कुराकानीपछि पुनः सुरु गरिने वार्ताले सिरियाको द्वन्द्वलाई अन्त्य गर्ने आसा पलाएको छ । सिरियामा जारी द्वन्द्वका कारण करिब एक लाख ८० हजार सिरियाली नागरिकको मृत्यु भएको छ । हजारौँ अपाङ बनेका छन् भने सिरियाको जनसङ्ख्याको आधा जनसङ्ख्या आन्तरिक एवम् बाह्य गरी विस्थापित भएको छ । रासस/एएफपी  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने