२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा ७४ प्रतिशत कोरोना सङ्क्रमितहरु निको भए

५ भाद्र २०७७, शुक्रबार ०९:५५

भदौ ५, नयाँदिल्ली । (रासस/पिटिआई)। भारतका कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये ७४ प्रतिशतभन्दा बढी सङ्क्रमणमुक्त भएको पाइएको छ । भारतमा अहिलेसम्म कुल २९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । तीमध्ये झण्डै ६७ हजार जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।   

कुल सङ्क्रमितमध्ये २१ लाख ५८ हजार ९४६ जना सङ्क्रमणमुक्त भएका छन् । शुक्रबारसम्मको तथ्यांक अनुसार कुल सङ्क्रमणमुक्त भएकाहरुको अनुपात ७४ प्रतिशत रहेको छ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये अहिलेसम्म ५४ हजार ८७९ जनाको मृत्यु भएको छ । तीमध्ये ९८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार मृत्यु भएकाहरुको अनुपात १.८९ रहेका बेला सङ्क्रमणमुक्त भएकाहरुको अनुपात भने ७४.३० रहेको छ । भारतमा अहिले छ लाख ९२ हजार २६ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म तीन करोड ३४ लाख ६७ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का