२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमै दुर्लभ घटना: साढे चार महिनाअघि कोरोना लागेकालाई फेरि संक्रमण

२०७७, ९ भाद्र मंगलवार ०६:२९

भदौ ९, काठमाडौँ | हङकङमा एक घटनाले वैज्ञानिकहरुलाई थप ससंकित बनाइदिएको छ । निको भईसकेका एक व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण पुष्टि भएको घटना सार्वजनिक भएको छ । यसलाई त्यहाँका वैज्ञानिकहरूले दुर्लभ घटना भनेका छन् ।

ती संक्रमित पुरूष ३० वर्षभन्दा बढी उमेरका छन् । पहिलोपटक साढे चार महिनाअघि कोरोनाबाट संक्रमित भएका ति व्यक्तिलाई पुन: संक्रमण कसरी भयो भन्नेमा अन्यौलता र अध्ययनको विषय भएको भनिएको छ । यो सम्बन्धि समाचार बिबिसीले लेखेको छ । 

वैज्ञानिकले ती पुरूषमा भेटिएको भाइरसको जीनमा दुई नयाँ कुरा भेटिएको जनाएको छ । बैज्ञानिकहरुका अनुसार विश्वमा यस्तो घटना पहिलो पटक भएको दाबी गरिएको छ ।

यध्यपी विश्व स्वास्थ्य संगठनले एउटै संक्रमितका आधारमा कुनै निष्कर्ष निकाल्न नहुने बताएको छ । यस्तै विशेषज्ञहरूले भाइरसबाट पुनः संक्रमित हुनु दुर्लभ भएपनि यो अधिक गम्भीर छ भन्नु ठीक नहुने धारणा राखेका छन् ।

हङकङ विश्वविद्यालयले सार्वजनिक गरेको रिपोर्टमा संक्रमणबाट ठीक हुनु पहिले ती व्यक्ति १४ दिनसम्म अस्पतालमा बसेका थिए र विमानस्थलमा गरिएको जाँचका क्रममा संक्रमित पाइएका थिए । यध्यपी उनमा संक्रमणको कुनै लक्षण भने देखिएको छैन ।

लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल साइन्सका प्रोफेसर ब्रेन्डन रेनले पुनः संक्रमित हुनु एकदमै दुर्लभ घटना भएको बताएका छन् ।

उनले यस्तै कारणले गर्दा कोभिड-१९ को खोप एकदमै जरूरी रहेको र यसले समयसँगै भाइरसले आफैलाई परिवर्तन गर्ने आशंका व्यक्त गरेका बताएका छन् । 

संक्रमित व्यक्तिमा भाइरससँग लड्ने क्षमता विकास हुने र त्यसले पुनः संक्रमित हुनबाट जोगाउने गर्छ ।

यसमा पनि सबैभन्दा बलियो प्रतिरक्षा गम्भीर रूपमा कोरोनाबाट बिरामी भएका व्यक्तिहरूमा पाइने गरेको छ । यध्यपी यो सुरक्षा कति लामो र कहिलेसम्म रहन्छ भन्ने बारेमा केही स्पष्ट छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ