२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमै दुर्लभ घटना: साढे चार महिनाअघि कोरोना लागेकालाई फेरि संक्रमण

९ भाद्र २०७७, मंगलवार ०६:२९

भदौ ९, काठमाडौँ | हङकङमा एक घटनाले वैज्ञानिकहरुलाई थप ससंकित बनाइदिएको छ । निको भईसकेका एक व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण पुष्टि भएको घटना सार्वजनिक भएको छ । यसलाई त्यहाँका वैज्ञानिकहरूले दुर्लभ घटना भनेका छन् ।

ती संक्रमित पुरूष ३० वर्षभन्दा बढी उमेरका छन् । पहिलोपटक साढे चार महिनाअघि कोरोनाबाट संक्रमित भएका ति व्यक्तिलाई पुन: संक्रमण कसरी भयो भन्नेमा अन्यौलता र अध्ययनको विषय भएको भनिएको छ । यो सम्बन्धि समाचार बिबिसीले लेखेको छ । 

वैज्ञानिकले ती पुरूषमा भेटिएको भाइरसको जीनमा दुई नयाँ कुरा भेटिएको जनाएको छ । बैज्ञानिकहरुका अनुसार विश्वमा यस्तो घटना पहिलो पटक भएको दाबी गरिएको छ ।

यध्यपी विश्व स्वास्थ्य संगठनले एउटै संक्रमितका आधारमा कुनै निष्कर्ष निकाल्न नहुने बताएको छ । यस्तै विशेषज्ञहरूले भाइरसबाट पुनः संक्रमित हुनु दुर्लभ भएपनि यो अधिक गम्भीर छ भन्नु ठीक नहुने धारणा राखेका छन् ।

हङकङ विश्वविद्यालयले सार्वजनिक गरेको रिपोर्टमा संक्रमणबाट ठीक हुनु पहिले ती व्यक्ति १४ दिनसम्म अस्पतालमा बसेका थिए र विमानस्थलमा गरिएको जाँचका क्रममा संक्रमित पाइएका थिए । यध्यपी उनमा संक्रमणको कुनै लक्षण भने देखिएको छैन ।

लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल साइन्सका प्रोफेसर ब्रेन्डन रेनले पुनः संक्रमित हुनु एकदमै दुर्लभ घटना भएको बताएका छन् ।

उनले यस्तै कारणले गर्दा कोभिड-१९ को खोप एकदमै जरूरी रहेको र यसले समयसँगै भाइरसले आफैलाई परिवर्तन गर्ने आशंका व्यक्त गरेका बताएका छन् । 

संक्रमित व्यक्तिमा भाइरससँग लड्ने क्षमता विकास हुने र त्यसले पुनः संक्रमित हुनबाट जोगाउने गर्छ ।

यसमा पनि सबैभन्दा बलियो प्रतिरक्षा गम्भीर रूपमा कोरोनाबाट बिरामी भएका व्यक्तिहरूमा पाइने गरेको छ । यध्यपी यो सुरक्षा कति लामो र कहिलेसम्म रहन्छ भन्ने बारेमा केही स्पष्ट छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का