२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा

११ भाद्र २०७७, बिहीबार ०७:३५

भदौ ११, सान फ्रान्सिस्को । (रासस/एएनआई) । लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिनु भएको छ । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त हुनुभएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताउनुभएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्स सहित मेसेजिङ एप्लिकेसन वीच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै दुबै चिनियाँ कम्पनीहरु अहिले संकटमा छन् । 

राष्ट्रपति ट्रम्पको आदेश विरुद्ध सान फ्रान्सिस्कोमा चिनियाँ मेसेजिङ एप्लिकेसन वीच्याटका प्रयोगकर्ताले अदालतमा चुनौती दिने बताएका छन् । उत्तर अमेरिकी टिकटकका महाप्रबन्धक भेनिसा पाप्पाले कम्पनीको अन्तरिम प्रमुखकको पद सम्हाल्नु हुनेछ । 

टिकटकले पनि मायरले राजीनामा दिनुभएको पुष्टि गर्दै पछिल्ला केही महिनादेखि अमेरिकी राजनीतिक घटनाक्रमका कारण मायरको भूमिका परिवर्तन भएको जनाएको छ । बाइटडान्सका संस्थापक एवं प्रमुख कार्यकारी यिमिङ झाङले कम्पनीका कर्मचारीलाई पठाउनुभएको पत्रमा विवादित विषय सुल्झाउन प्रयास जारी रहेको बताउनुभएको छ । उहाँले भारत र संयुक्तराज्य अमेरिकामा आफ्नो कम्पनीमाथि समस्या खडा भएको स्वीकार्नु भएको छ । 

गत अगष्ट ६ मा राष्ट्रपति ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्समाथि अमेरिकामा प्रतिबन्ध लगाउन एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको थियो । अमेरिकामा टिकटकलाई आफ्नो स्थिति प्रष्ट गर्न ४५ दिनको समय दिइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का