२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

१५ भाद्र २०७७, सोमबार ०७:१५

भदौ १५, बेइजिङ । (रासस/एपी)। चीनको आद्योगिक उत्पादन गत अगष्ट महिनामा वृद्धि भएको छ । निर्यात बजारको मागमा सामान्य गिरावट आएपनि देशभित्रको माग बढेपछि औद्योगिक उत्पादनमा वृद्धि भएको सर्भेक्षणले देखाएको छ । 

चिनियाँ तथ्याँक विभागले सोमबार सार्वजनिक गरेको मासिक खरिद सूचक (पिएमआई) मा जुलाईको भन्दा औद्योगिक सूचकमा सामान्य गिरावट आए पनि समग्रमा सुधारोन्मुख देखिएको जनाएको छ । औद्योगिक सूचक गणना गर्ने पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पिएमआई) मा जुलाईमा ५१.१ विन्दु रहेकामा अगष्टमा ५१ मा झरेको देखिएको छ । 

कूल १०० अंकको पिएमआई विन्दु ५० भन्दा बढी भएमा औद्योगिक गतिविधि सकारात्मक रहेको मानिन्छ । निर्यात माग सामान्य गिरावट आए पनि त्यसको घट्ने दर निकै कम रहेको छ । यसको मापनमा ४८.४ बाट ४९.१ विन्दुले सकारात्मक भएको छ । 

गत वर्षको डिसेम्बरबाट चीनमा कोरोना महामारी फैलिएपछि चीनमा पहिलोपटक लकडाउन गरिएको थियो । गत मार्चमा कोरोना महामारीलाई आफूहरुले परास्त गरेको घोषणा गरेपछि चीनले औद्योगिक उत्पादनका साथै बजार खुला गर्न थालेको थियो । 

चीनको उपभोग्य मागमा पनि सुधार आएको छ तर बेइजिङले चाहेझैं प्रगति हुन सकेको छैन । संयुक्तराज्य अमेरिका र अरु महत्वपूर्ण बजारमा कोरोनाभाइरस संक्रमितको संख्या निरन्तर बढेपछि चीनको निर्यात बजारमा अपेक्षित सुधार आउन सकेको छैन । 

जनवरीदेखि मार्चसम्म करिब ६.८ प्रतिशतले खुम्चिएको चिनियाँ अर्थतन्त्र अप्रिलदेखि जुनसम्मको तीन महिनाको अवधिमा एकाएक ३.२ प्रतिशतले वृद्धि भएको थियो । कारखाना उत्पादनमा राम्रो सुधार आए पनि खुद्रा, रेष्टुराँ र अन्य सेवा उद्योगहरु अझै पनि संघर्षरत छन् ।

प्रक्षेपणहरुले यस वर्षको अन्त्यतिर चिनियाँ अर्थतन्त्र गिरावट आउने अनुमान गरेका छन् किनभने त्यसबखत विश्व बजारमा मास्क, सर्जिकल ग्लोब र अन्य चिकित्सा उपकरणको मागमा कमी आउने थाल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल