२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ५६ लाख, कुन महादेशमा कति ?

१६ भाद्र २०७७, मंगलवार ०७:५४

भदौ १६, जेनेभा। (रासस/एएफपी)। विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ५४ हजार ७७५ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।  

मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड ७९ लाख ४२ हजार ९११ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६८ लाख ४० हजार ५४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  सङ्क्रमितहरु मध्ये ६१ हजार १५८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।  

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।   अमेरिकामा ६२ लाख ११ हजार ७९६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८७ हजार ७३६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ३९ लाख १० हजार ९०१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख २१ हजार ५१५ जनाको मृत्यु भएको छ ।  भारतमा  ३६ लाख ९१ हजार १६६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ६५ हजार ४३५ जनाको मृत्यु भएको छ । 

रुस ९ लाख ९५ हजार ३१९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १७ हजार १७६ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ५२ हजार ३७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २८ हजार ९४४ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख २७ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार १४९ जनाको मृत्यु भएको छ । कोलम्बिया ६ लाख १५ हजार १६८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १९ हजार ६६३ जनाको मृत्यु भएको छ । 

मेक्सिकोमा ५ लाख ९९ हजार ५६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६४ हजार ४१४ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ६२ हजार  ८५८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ९४ जनाको मृत्यु भएको छ । 

अर्जेन्टिना ४ लाख १७ हजार ७३५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८ हजार ६६० जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का