२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट

१७ भाद्र २०७७, बुधबार ०७:०८

भदौ १७,  क्यानबेरा । (रासस/एपी) । कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्षको अवधिमा पहिलो पटक मन्दीको अवस्था देखिएको छ । 

सन् १९५९ यता पहिलो पटक अप्रिलदेखि जुन महिनाको अवधिमा अस्ट्रेलियाको अर्थतन्त्र ७ प्रतिशत खुम्चिएको छ । यसअघि सन् १९७४ मा २ प्रतिशतले अर्थतन्त्र न्यून भएको थियो । अर्थशास्त्रीहरुले यसअघि सन् १९३० को महामन्दीको अवस्थामा अर्थतन्त्र ९.५ प्रतिशतले खुम्चिएको बताएका छन् । 

गत मार्च महिनामा पनि ०.३ प्रतिशतले अर्थतन्त्र खुम्चिएको थियो । प्राविधिक रुपमा लगातार दुई महिना अर्थतन्त्र खुम्चिए मन्दी आएको मानिन्छ । अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर परेको बताउनुभएको छ ।

उहाँले २८ वर्षदेखि लगातार हुँदै आएको आर्थिक वृद्धि यसपटक कोरोनाभाइरसका कारण पहिलोपटक रोकिएको छ भन्नुभयो । प्रधानमन्त्री स्कट मरिसनले पनि संसदमा सम्बोधन गर्दै अस्ट्रेलियाका लागि यो निकै संकटपूर्ण अवस्था आइलागेको बताउनुभयो । 

आर्थिक सहयोग तथा विकास संगठनले जुन महिनामा संगठनमा आबद्ध मुलुकहरुको अर्थतन्त्र अप्रिल–जुन महिनाको अवधिमा ९.८ प्रतिशतको हाराहारीमा खुम्चिने पूर्वानुमान गरेको थियो । संगठनले बेलायतको अर्थतन्त्र २० प्रतिशत, फ्रान्सको १४ प्रतिशत तथा संयुक्तराज्य अमेरिकाको ९.१ प्रतिशतले गिरावट आउने जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का