२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमणबाट विश्वमा ८ लाख ७३ हजारको मृत्यु, कुन महादेशमा कति संक्रमित ?

२०७७, १९ भाद्र शुक्रबार ०७:४०

भदौ १९, जेनेभा । (रासस/एएफपी)। विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ७३ हजार २८५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । 

सो संगठनका अनुसार विश्वमा दुई करोड ६४ लाख ७५ हजार ५६८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८६ लाख ६५ हजार ७३७ व्यक्ति कोरोना मुक्त भएका छन् । हाल विश्वमा ६९ लाख ३६ हजार ५४६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ७८५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।  

अमेरिकामा ६३ लाख ३५ हजार २४४ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३५ लाख ७५ हजार  ९६ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९१ हजार ५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । ब्राजिलमा ४० लाख ४६ हजार १५० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३२ लाख ४७ हजार ६१० कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २४ हजार ७२९ जनाको मृत्यु भएको छ ।  

भारतमा ३९ लाख ३६ हजार ७४७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ  ३० लाख ३७ हजार १५१ कोरोना भाइरस मुक्त भएका छन् भने ६८ हजार ५६९ जनाको मृत्यु भएको छ । रुस १० लाख ९ हजार ९९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख २६ हजार ९३५ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ५२८ जनाको मृत्यु भएको छ । 

पेरुमा ६ लाख ७० हजार १४५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ८ लाख ८९ हजार ८८६ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ४०५ जनाको मृत्यु भएको छ । कोलम्बिया ६ लाख ४१ हजार ५७४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ८ लाख ८९ हजार  १५१ कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ६१८ जनाको मृत्यु भएको छ । 

दक्षिण अफ्रिकामा ६ लाख  ३३ हजार १५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ५४ हजार ८८७ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ५६३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ६ लाख १६ हजार ८९४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख  ३० हजार २८७ कोरोना भाइरस मुक्त भएका छन्  भने ६६ हजार  ३२९ जनाको मृत्यु भएको छ । 

स्पेनमा ४ लाख  ८८ हजार  ५१३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार २३४ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ४ लाख ५१ हजार १९८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख २२ हजार  ४६१ कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार  ३६१ जनाको मृत्यु भएको छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ