२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कोभिड १९’बाट विश्वमा ९ लाख ३२ हजार भन्दा बढीको मृत्यु, यी हुन् बढी संक्रमित भएका देश

२०७७, ३० भाद्र मंगलवार ०५:३८

भदौ ३०, जेनेभा। (रासस/एएफपी)। विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ९४ लाख ४५ हजार ६८८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १२ लाख ७९ हजार ८३३ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७२ लाख ३३ हजार १११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ७९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।   

कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् । अमेरिकामा ६७ लाख ४९ हजार  २८९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ४० लाख २७ हजार  ८२६ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९९ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४९ लाख ३० हजार २३६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ  ३८ लाख ५९ हजार ३९९ कोरोना भाइरस मुक्त भएका छन् भने  ८० हजार ८०८ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४३ लाख ४९ हजार ५४४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३६ लाख  १३ हजार १८४ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३२ हजार ११७ जनाको मृत्यु भएको छ ।  

रुस १० लाख ६८ हजार ३२० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ  ८ लाख ७८ हजार ७०० कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ६३५ जनाको मृत्यु भएको छ । पेरुमा ७ लाख  ३३ हजार  ८६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख  ७३ हजार ३६४ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ८१२ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ७ लाख २१ हजार  ८९२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ६ लाख ६ हजार ९२५ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार १२३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ६ लाख ७१ हजार ७१६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख  ७५ हजार ७९५ कोरोना भाइरस मुक्त भएका छन्  भने ७१ हजार ४९ जनाको मृत्यु भएको छ । 

दक्षिण अफ्रिकामा ६ लाख ५० हजार ७४९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ७९ हजार २८९ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४९९ जनाको मृत्यु भएको छ । 

स्पेनमा ५ लाख  ९३ हजार  ७३० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार  ८४८ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ५ लाख ६५ हजार ४४६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख २८ हजार ९५३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ६६७ जनाको मृत्यु भएको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ