१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरस विरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी

९ आश्विन २०७७, शुक्रबार ०९:२८

असोज ९, बेइजिङ । (रासस/एपी)। एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ । 

सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्तराज्य अमेरिकामा कोरोनाभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) समक्ष आवेदन दिइने बताउनुभयो । यीनले आफूले व्यक्तिगत रुपमा पनि कोरोनाभ्याक लगाइसकेको जानकारी दिनुभयो ।

“शुरुमा हाम्रो रणनीति चीन र वुहानका लागि डिजाइन गरिएको थियो । तर, जुन र जुलाईमा हामीले हाम्रो रणनीतिमा परिमार्जन गर्यौं । हामीले यो भ्याक्सिन विश्वमै आवश्यक भइसकेको बुझ्यौं,” यीनले भन्नुभयो । उहाँले चिनियाँ शहरमा भाइरस पहिलोपटक देखा परेको पनि स्पष्ट गर्नुभयो । 

“हाम्रो लक्ष्य अमेरिका, युरोपेली संघ र अन्य मुलुक लगायत विश्वलाई खोप प्रदान गर्नु हो,” यीनले भन्नुभयो । 

अमेरिका, युरोपेली युनियन, जापान र अष्ट्रेलियाका कडा नियमहरूका कारण विगतदेखि नै चिनियाँ खोपहरू बिक्री हुन सकेका छैनन् । तर यीन वेडोङ्को भनाईमा यस पटक चिनियाँ खोपले विश्वास जित्नेछ । 

चीनमा सरकारी स्वामित्वको समेत चारवटा कम्पनीले कोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेका छन् जसमा सिनोभ्याक पनि एउटा हो । सरकारी स्वामित्वको सिनोफार्मले दुई किसिमका खोपमाथि परीक्षण गरिरहेको छ भने सैनिक स्वामित्वको क्यानसिनोले पनि खोप निर्माण गरिरहेको छ । 

यीनले भन्नुभयो, कोरोनाभ्याक खोपको परीक्षणमा ब्राजिल, टर्की र इन्डोनेसियाका २४ हजार व्यक्ति सहभागी छन् । यसबाहेक बंगलादेश र सम्भवत चिलीमा पनि यस खोपको परीक्षण गरिनेछ । सिनोभ्याकले धेरै संक्रमित भएका, ठूलो जनसंख्या रहेका तथा अनुसन्धान र विकासको क्षमता सीमित रहेका मुलुकहरु छनौट गरेको जनाएको छ । 

उहाँ बेइजिङको दक्षिणमा रहेको सिनोभ्याक प्लान्टको भ्रमणका क्रममा पत्रकारहरूसँग बोल्दै हुनुहुन्थ्यो । यो प्लान्टमा एक वर्षमा पाँच लाख खोप उत्पादन हुन सक्दछ । जैव–सुरक्षित सुविधा सहितको यस प्लान्टमा खोपको डोज साना बोतलमा भर्ने र तिनीहरूलाई बाकसमा राख्ने काम जारी थियो । कम्पनीले आगामी वर्ष सन् २०२१ को फेब्रुअरी वा मार्चसम्ममा एक करोडसम्म खोप उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ । 

सिनोभ्याकले जोखिममा रहेका बच्चा र बुढाबुढीका लागि कोरोनाभ्याकको सानो खुराक पनि परीक्षण गर्न थालेको छ । यीनले कम्पनीले कोरोनाभ्याकको मानव परीक्षण चलाउने देशहरूमा पहिलो चरणमा खोप वितरण गर्ने बताउनुभयो । 

खोपको स्वीकृत मापदण्ड बमोजिम कोरोनाभ्याक खोपको अझै तेस्रो चरणको क्लिनिकल परीक्षण सम्पन्न नभए पनि सिनोभ्याकले चीनमा हजारौं मानिसलाई आपतकालीन प्रयोग प्रावधान अन्तर्गत सम्मिलित गरिसकेको छ ।

यीनले आफू सहित अनुसन्धाताहरुले एक महिना अघि प्रायोगिक खोप लिइसकेको बतााउनुभयो । मानव परीक्षणको पहिलो र दोस्रो चरणमा कुनै गम्भीर प्रतिकूल प्रभाव देखाएनन्, उहाँलेभ भन्नुभयो । 

“यो हाम्रो कम्पनीको परम्परा हो,” यीनले भन्नुभयो । आफूले हेपाटाइटिस खोप विकासको क्रममा यस्तै गरेको पनि जानकारी दिनुभयो । यस वर्षको सुरुमा, चीनले जोखिमयुक्त जनसंख्याका लागि खोप लगाउन अनुमति दिएको थियो जसमा एक हजारभन्दा बढी स्वास्थ्यकर्मी र सीमा रक्षकहरु सामेल थिए । 

सिनोभ्याकले सिनोफर्म र क्यानसिनोसँगै गत जुनमा अनुमति प्राप्त गरेको थियो । बेइजिङ महानगरलाई दशौं हजार कोरोनाभ्याकको डोज उपलब्ध गराइएको पनि यीनले बताउनुभयो । 

सिनोभ्याकमा कार्यरत ९० प्रतिशतभन्दा बढी कर्मचारीलाई कोरोनाभ्याक दिइएको कम्पनीले जनाएको छ । “हामी विश्वस्त छौं कि कोभिड–१९ भ्याक्सिन सम्बन्धी हाम्रो अनुसन्धानले अमेरिका र युरोपेली मुलुकहरुका मापदण्ड पूरा गर्न सक्षम हुनेछ,” यीन वेडोङ्ले बताउनुभयो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल